‘कपाल झर्न वाट जोगाउने, डा. प्रकाश ज्ञवाली को घरेलु उपाय’


आजकल कपाल झर्ने समस्या पुरुष र महिला को आम समस्या बनेको छ । यो अवस्थाको चाँडो उपचार गरे समस्या बल्झिन पाउँदैन र कपाल को धेरै नास हुँदैन ।

कपाल झर्ने समस्या अन्य जैविक कारण बाहेक जीवन शैली र खानपान मा समेत निर्भर गर्छ । अस्वस्थ कर खानपान र खराब जीवन शैलीको प्रत्यक्ष असर कपाल मा पर्छ । असन्तुलित आहार योजना, गलत जीवन शैली, वंशाणु गत समस्या, औषधिको साइड इफेक्ट आदि कपाल झर्नु का सामान्य कारणहरू हुन ।

यस बाहेक वातावरणीय प्रदूषण र कपाल मा लगाइने विभिन्न उत्पादनहरूमा हुने रसायन पनि पछि कपाल झर्ने कारण बन्न सक्छ ।

उसो दिनहुँ ५० देखि १०० वटा कपाल झर्ने गर्छ भने यसलाई सामान्य ने मान्नु पर्छ । यदि यो भन्दा बढी कपाल झर्यो भने त्यो तालु पनाको विषय हो र यसको लागि चिकित्सकीय उपचार प्रकृयामा जान सकिन्छ । आधुनिक र प्राकृतिक चिकित्सा पद्धतिमा कपाल झर्न वाट रोक्न धेरै उपचार प्रकृया र उपाय हरू छन् ।

कपाल झर्नु का धेरै कारण छन् । आयुर्वेदका अनुसार बातमा मिसिएको पित्त कपालको फोलिकल्स (रोम कूप) मा जान्छ र कपाल झर्छ र त्यसपछि रगतमा मिसिएको कफले कपालको फोलिकल्स बन्द गरिदिन्छ जसले गर्दा त्यो ठाउँमा अर्को कपाल उम्रिँदैन ।

कपाल झर्ने समस्या मा कमी ल्याउन यी घरेलु उपाय अपनाउन सकिन्छ

  • तिलको तेल, ब्राह्मी तेल, नीम तेल र भृङ्ग राज तेल बराबर मिसाउने, नुहाउनु भन्दा १ घण्टा अघि कपालको जरामा मसाज गर्ने । त्यस पछि रसायन रहित विश्वासिलो आयुर्वेद कम्पनीको स्याम्पुले कपाल नुहाउने ।
  • कपाल झर्ने समस्या कम गर्न प्याजको रस फाइदा जनक देखिएको छ । यसलाई तालुमा लगाउँदा कपाल झर्न कम हुन्छ । प्याजको रसमा सल्फर तत्व हुन्छ, जसले तन्तुमा रहेको कोलाजेन उत्पादनलाई बढावा दिन्छ।
  • मोटर साइकल चलाउँदा हावा प्रवेश र निकास हुने खालका हेल्मेट प्रयोग गर्ने । पसिना बढी आउँछ भने सुतीको कपडाले कपाल ढाकेर हेल्मेट लगाउने।
  • कपाल झर्न बाट बच्न दिनहुँ नरिवल, ओलिभ, तिल, तोरी आदि तेल ले तालुमा केही समय मालिस गर्ने ।
  • कपाल सुके पछि मात्र कोर्ने, पानीले भिजेको बेला नकोर्ने ।
  • चना, अण्डा जस्ता स्वस्थ कर प्रोटिन युक्त खाने कुरा खाने।
  • अनिदो नबस्ने, दिनहुँ करिब ६–८ घण्टा मस्त निदाउने ।
  • सलाद, हरियो तरकारी, सागपात, फलफूल प्रशस्त खाने ।
  • योग, ध्यान वा शारीरिक व्यायाम गर्ने ।
  • धूलो धूवाँबाट कपाललाई जोगाउने ।
  • सके सम्म जंक फुड उपयोग नगर्ने
  • तनाव, चिन्ता नलिने।
  • पानी प्रशस्त पिउने ।
  • पेट सफा राख्ने ।

(डा. प्रकाश ज्ञवाली आयुर्वेद का चिकित्सक र जनस्वास्थ्य विज्ञ समेत हुन)


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस

error: Content is protected !!