‘डा.रामदेव यादवको टिप्सः टल्किने अनुहारको लागि गोलभेँडा, बेसार र चन्दनको फेस प्याक’


बजारमा महँगो सौन्दर्य उत्पादनहरू को बिगबिगी रहेकै समय तपाई घर मै अत्यन्त कम खर्चमा साइड इफेक्ट नभएको गोलभेँडा, बेसार र चन्दनको फेस प्याक बनाएर अनुहार टल्काउन सक्नु हुन्छ ।

बेसार एक प्राकृतिक एन्टिसेप्टिक हो । जुन छालाका लागि निकै फाइदा जनक हुन्छ । बेसार र टमाटर एवं चन्दन मिसाएर फेस प्याक बनाउन सकिन्छ । टमाटर र बेसारबाट बनेको फेस प्याकले छालालाई भिटामिन सी, भिटामिन ई र बिटा क्यारोटिन प्रदान गर्छ जसले छालालाई चम्किलो बनाउँछ ।

यो फेस प्याक बनाउनको लागि एउटा कचौरामा टमाटरको रस लिनु होस् र त्यसमा एक चिम्टी बेसार र एक चम्चा चन्दनको पाउडर मिसाउनु होस् । चन्दनको पाउडर नभए चन्दनको लकडी लाई सिलौटोमा घोटेर समेत उपयोग गर्न सकिन्छ । यो फेस प्याक अनुहार मा १५ मिनेट लगाए पछि गुलाफजल ले धुनु पर्छ । नियमित रूपमा यो फेस प्याकको उपयोगले छालामा प्राकृतिक चमक ल्याउँछ ।

गोरो, गहुँ गोरो वा कालो जस्तो सुकै छाला भएपनि यो फेस प्याकले अनुहारमा प्राकृतिक र जीवन्त टलक ल्याउँदा सुन्दरता बढ्छ। प्राकृतिक सामग्री बाट तयार पारिएको यो फेस प्याक ले छालालाई बिस्तारै सफा समेत गर्छ । यस्तो अवस्थामा अनुहारमा रहेको दाग, पिम्पल,कालो धब्बा, चाउरी, दाग, ब्ल्याक र ह्वाइटहेड को समस्यामा समेत कमी आउँछ। यसका साथै सनटैनको समस्या हटेर अनुहारको रङ चम्किलो हुन्छ । (डा.रामदेव यादव आयुर्वेदका चिकित्सक हुन) 


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस

error: Content is protected !!