राम्रो वायु गुणस्तर ले आत्महत्या दर घटाउन सक्छ


हालै गरिएको एउटा नयाँ अध्ययनले राम्रो वायुको गुणस्तर कम आत्महत्या दर सँग जोडिएको पाएको छ । यो अनुसन्धान को नतिजा नेचर सस्टेनेबिलिटी जर्नलमा हालै प्रकाशित भएको छ ।

क्यालिफोर्निया विश्वविद्यालयका अनुसन्धान कर्ताहरूले मौसम को अवस्था, प्रदूषण र आत्महत्याको दर बीचको सम्बन्ध फेला पारेका छन् । अर्थात्, परिस्थिति र मानवीय आवेग सँगै वायु प्रदूषण पनि आत्महत्याको दर बढाउने एउटा कारक हुन सक्छ ।

हालसम्म वायु प्रदूषण लाई शारीरिक स्वास्थ्य सँग जोडिने गरिएको थियो । जसमा वायु प्रदूषणलाई दम, मुटु रोग र फोक्सोको क्यान्सर जस्ता गम्भीर रोगको कारक मानिने गरिएको थियो ।

अनुसन्धान कर्ताहरूले यस अघि भारतमा आत्महत्या दरमा तापक्रमको प्रभावको अध्ययन गरी सकेका छन् । जसमा उनीहरूले अत्यधिक गर्मीलाई एउटा कारकको रूपमा पाएका छन् ।

क्यालिफोर्निया युनिभर्सिटीका अनुसन्धान कर्ताहरूले चीनमा पछिल्लो पाँच वर्षमा वायु प्रदूषणमा आएको कमीका कारण ४६ हजार आत्महत्याका कारण हुने मृत्यु मामिला मा कमी पाए । विश्वको तुलनामा चीनमा आत्महत्याको दर तीव्र गतिमा घटेको टोलीले नोटिस गरे ।

चीनको प्रतिव्यक्ति आत्महत्या दर सन् २००० मा विश्वको औसत भन्दा बढी थियो तर विगत दुई दशकमा विश्व औसतभन्दा तल झरेको छ ।

क्यालिफोर्निया विश्वविद्यालयका सहायक प्राध्यापक तथा अध्ययनका सह लेखक टोमा कार्लटनले विगत सात/आठ वर्षदेखि चीनमा प्रदूषण विरुद्धको लडाइ तीव्र भएको जनाएका छन ।

अनुसन्धान टोलीले ६०० काउन्टीहरूमा आत्महत्याको सङ्ख्यालाई हप्ताहरू र थप सामान्य मौसमहरू बीचको तुलना गर्नको लागि एक सांख्यिकीय मोडेल प्रयोग गर्यो। अनुसन्धान कर्ताहरूले वायु प्रदूषण बढेपछि आत्महत्याको दरमा उल्लेख्य वृद्धि भएको पत्ता लगाए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!