‘एक दिनमा कति पाइला हिँड्ने, कुन उमेर मा कति वाक आवश्यक ?’


हिँड्नु समग्र स्वास्थ्यका लागि सबै भन्दा बढी फाइदा जनक मानिन्छ । हिँडाइले शरीर र दिमाग सँगै मन लाई समेत सकारात्मक फायदा पुर्याउँछ । यसले सम्पूर्ण शरीरलाई व्यायाम प्रदान गर्दछ र शरीर लाई सक्रिय समेत बनाउँछ ।

डाक्टरहरूले पनि दैनिक रूपमा नियमित हिँडने सल्लाह दिने गरेका छन् । दिनहुँ हिँड्ने मानिसहरू लाई कुनै व्यायामको आवश्यकता पर्दैन । तर हरेक मानिसले आफ्नो उमेर अनुसार दैनिक रूपमा हिँडनु पर्छ ।

कतिपय मानिस हरू लाई लाग्छ कि तिनिहरू जति धेरै हिडने छन,त्यति नै स्वस्थ हुने छन् । त्यसैले उनीहरू लाई यो थाहा हुँदैन कि कति समय र कुन बाटा हिँड्दा अधिकतम लाभ लिन सकिन्छ । त्यसैले आफ्नो उमेर अनुसार कति लामो हिँड्नु पर्छ भन्ने थाहा पाउनु धेरै आवश्यक छ ।

स्वीडेनको युनिभर्सिटी अफ काल्मर मा गरिएको एक अध्ययन अनुसार मानिसले आफ्नो उमेर अनुसार हिँड्नु पर्छ । यसले शरीरको तौल नियन्त्रण गर्न सकिन्छ र जीवन शैली सँग सम्बन्धित रोगहरूको जोखिम समेत कम गर्न सकिन्छ । हिँड्दा मधुमेह, उच्च रक्तचाप र मुटु रोगको जोखिम समेत कम हुन्छ।

६ देखि १७ वर्षको उमेरमा हिँडाइ

अनुसन्धानका अनुसार ६ देखि १७ वर्षको उमेरमा जति धेरै हिडिन्छ, त्यति नै धेरै फाइदा हुन्छ । यस उमेरका केटाहरूले दिनमा कम्तीमा १५ हजार पाइला हिँड्नु पर्छ । जबकी केटीहरूलाई १२ हजार पाइला हिँड्नु पर्छ ।

१८ देखि ४० वर्षको उमेरमा हिँडाइ 

यस उमेर समूहका पुरुष र महिलाले एक दिनमा कम्तीमा १२ हजार पाइला हिँड्नु आवश्यक हुन्छ ।

४० वर्षको उमेरमा हिँडाइ

४० वर्ष पुगे मानिस हरू लाई स्वास्थ्य सम्बन्धी समस्या बढ्न सक्छ । यो उमेरमा एक दिनमा ११ हजार पाइला हिँड्नु पर्छ ।

५० वर्ष पछि को हिँडाइ

५० वर्ष पुगे पछि एक दिनमा कम्तीमा १० हजार पाइला हिँड्नु नै पर्छ ।

६० वर्ष पछि को हिँडाइ

६० वर्ष पछि स्वस्थ रहन दिनमा कम्तीमा ८ हजार पाइला हिँड्नू पर्छ । हिँड्दा केही इनर्जी सँग हिँड्नु आवश्यक हुन्छ । तर, थकित हुँदा धेरै हिँड्नु हुँदैन ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!