‘देश भरिका ५७ लाख बाल बालिका लाई दादुरा रुबेला खोपः १ अर्ब ३६ करोडको राष्ट्र व्यापी अभियान’


काठमाडौं– सरकार ले मुलुकबाट सन २०२६ सम्ममा दादुरा रुबेला लाई निवारण गर्ने लक्ष्य अनुसार आइतवार देखी देश भरीका विभिन्न खोप केन्द्र हरू वाट अभियान अन्तर्गत एमआर (मिजिल्स रुबेला) खोप दिई रहेको छ ।

राष्ट्रिय दादुरा रुबेला अभियान अन्तर्गत फागुन १३ गते देखि चैत्र ७ गते सम्म यो खोप तराइ का २१ जिल्ला र राजधानी काठमाडौं का ३ जिल्ला गरी २४ जिल्लामा ९ महिना देखी १५ वर्ष सम्मको बालबालिका लाई दिइनेछ ।

यस्तै बाकी ५१ जिल्लामा भने ९ महिना देखी ५ वर्ष मुनीका बालबालिकालाई दादुरा रुबेला खोप लगाइने स्वास्थ्य सेवा विभाग, वाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा.अभियान गौतमले बताए । फरक फरक जिल्लामा फरक फरक उमेर समुह लाई खोप दिइँदैछ ।

वरिष्ठ स्वास्थ्य प्रशासक शिला श्रेष्ठका अनुसार नियमित खोपमा छुटेका ५ वर्ष मुनिका बालबालिका लाइ पनि यो अभियान अन्तर्गत खोप लगाइँदै छ ।

मुलुकमा ३५ वर्ष देखि दादुरा खोप र ११ वर्ष देखि रुबेला खोप नियमित खोप मार्फत १५ महिना सम्मका बालबालिकालाई दिइँदै आएको जनाउँदै डा.गौतमले यो खोपले गम्भीर प्रकार को असर नदेखिएको बताए ।

तर खोप लगाएको केही समय पछि कुनै कुनै व्यक्तिमा हल्का ज्वरो, शरीरमा दादुरा जस्तै बिमिराहरू आउने सामान्य असर आउन सके पनि यो केही दिनमा आफै ठीक हुने गरेको छ ।  हरेक जिल्लाले खोप अभियान आफूले पायक पर्ने गरी १५ दिन भित्र सम्पन्न गर्नु पर्ने रणनीति समेत अपनाइएको छ ।

यो अभियान अन्तर्गत लक्षित जनसंख्या ५७ लाख ४२ हजार ९ सय ९३ जना लाई दादुरा रुबेला खोप करिब ४० हजार खोप केन्द्र वाट ३० हजार स्वास्थ्य कर्मीको सहयोगले दिइने छ । झन्डै १ अर्ब ३६ करोड रुपियाँ खर्च हुने यो अभियान अन्तर्गत ६३ लाख मात्रा खोप ल्याइएको छ ।

यो वर्ष १९ ठाउँमा दादुराको महामारी 

मुलुकमा यो वर्ष १९ ठाउँमा दादुराको महामारी देखिएको हो । यस अन्तर्गत काठमाडौं, चितवन, अर्घाखाँची, बाजुरा, बाँके, बर्दिया, दाङ, धनुषा, कैलाली, कालिकोट, कञ्चनपुर, कपिलवस्तु, महोत्तरी मकवानपुर, मोरंग, सल्यान, सर्लाही, सुनसरी र सुर्खेत जिल्लामा दादुराको प्रकोप देखिएको हो । यो प्रकोपले १ जनाको मृत्यु समेत भएको छ ।

डा.अभियान गौतमको अनुसार उक्त महामारी अन्तर्गत १ हजार ३ सय ४९ जना मा दादुराको संक्रमण देखियो । तराइको भूभागमा अलि बढी संक्रमण देखिएको हो ।

के हो दादुरा रुबेला ? 

दादुरा रोग मिजल्स भाइरस वाट हुने धेरै छिटो सर्ने सङ्क्रामक रोग हो । यो दुवै भाइरल सङ्क्रमणको निश्चित औषधि छैन । यसमा लक्षण को आधारमा उपचार गरिन्छ । एक जना दादुरा सङ्क्रमितले १८ जना सम्ममा रोग सार्न सक्छ । यस्तै रुबेला भाइरस बाट हुने दादुरा जस्तै देखिने रोग रुबेला हो ।

यी रोग सामान्यतया ५ वर्ष मुनी का बालबालिकालाई धेरै हुने गरेको छ । संक्रमित व्यक्ति ले खोक्दा, हाच्छिउँ गर्दा निस्किने पानीको ससाना कण हरू वाट दादुरा रुबेला रोग एक वाट अर्को मा सर्छ । शरीरमा रातो बिमिरा देखिनु र ज्वरो आउनु दादुरा र रुबेला रोगको मुख्य लक्षण हो । यस्तै खोकी लाग्ने, नाकबाट पानी बग्ने, आँखा रातो हुने वा पाक्ने, जस्तो रुघा खोकीको लक्षण समेत देखिन सक्छ ।

विज्ञहरूको अनुसार दादुरा रुबेला भएमा जटिलताहरू समेत देखिन सक्छ । यस अन्तर्गत दादुरा वाट पखाला लाग्ने, कानमा संक्रमण हुने, न्यूमोनिया हुने, अन्धो पन, कम्पन्न आउने, मस्तिष्कमा कडा प्रकारको सङ्क्रमण हुने लगायत यस्तो जटिलता ले सङ्क्रमितको मृत्यु समेत हुन सक्छ ।

यस्तै रुबेलाको संक्रमण ले हाड जोर्नी सुन्निने, दुख्ने, मस्तिष्कमा कडा खालको संक्रमण हुने, गर्भपतन वा मृत शिशु जन्मिने, अन्धो पना, बहिरो पना, मुटु र मस्तिष्कमा विकृति जस्ता जन्मजात विकलाङ्ग हुने आदि हुन सक्छ । रुबेलामा देखिने जटिलताले मृत्यु पनि हुन सक्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!