बच्चा चोरीमा संलग्न पक्राउ


काठमाडौँ – परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीको कम्पाउण्ड भित्र बाट फागुन ११ गते बच्चा चोरी मा संलग्न भएकी महिला पक्राउ परेकी छिन् ।

नेपाल प्रहरीका अनुसार काभ्रेपलाञ्चोक चौरी देउराली गा.पा.३ घर भई हाल काठमाडौ , कपन बस्ने वर्ष २२ की सबिना श्रेष्ठले बोकी राखेको आफ्नो छोरी लाई एक अपरिचित महिलाले मागेर बोकेको र बच्चा लाई लिई फरार भएकी थिइन् ।

प्रहरीले दैलेख नौमुले गा.पा. १ घर भई काठमाडौं, काँडाघारी बस्ने वर्ष २४ की मन कुमारी सिंह, निजको श्रीमान वर्ष २८ को नरेन्द्र मल्ल, निजको दिदि शारदा शाहीलाई कागेश्वरी मनोहरा न.पा.९ काँडाघारी स्थित निजहरु बस्ने डेरा कोठाबाट नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाइएको छ ।

चोरिएको बच्चालाई उद्धार गरी अभिभावक को साथमा उपचारको लागि काठमाण्डौ मेडिकल कलेज, सिना मंगल पठाई उपचार भई रहेको समेत प्रहरीले जनाएको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!