‘अन्य महिलालाई जिम्मा लगाउँदा प्रसूति गृह बाट शिशु चोरी’


काठमाडौँ — परोपकार प्रसुती तथा स्त्री रोग अस्पताल, थापाथली बाट २२ दिनको नवजात शिशु चोरी भएको छ । अस्पतालको बहिरंग विभागमा उपचार गराउन आएकी एक महिलाको बच्चा चोरी भएको हो ।

काभ्रेको चौरी देउराली गाउ पालिका–३ स्थायी घर भई हाल कपन बस्ने सविता श्रेष्ठको २२ दिनको शिशु अस्पताल बाटै चोरी भएको प्रसूति गृहका निर्देशक डा.श्रीप्रसाद अधिकारीले बताए ।

अस्पताल स्रोतको अनुसार श्रेष्ठ लाई एक जना अपरिचित महिला ले‘ ‘वच्चा नलिएर आउँदा लाइनमा बस्नु पर्ने रहेछ केही समयको लागि बच्चा बोक्न दिनुस् न’, भनेर लिएर गएकी थिइन ।

अस्पतालको सिसिटिभी क्यामरामा बच्चा लिएर भागेकी महिला मास्क लगाएकी र पहिले देखी नै तयारी साथ आएको देखिएको छ । हाल प्रहरी ले यस बारे व्यापक खोज बिन शुरु गरेको छ । प्रहरीले बच्चा लिएर फरार भएकी ती महिलाको खोजी भइरहेको जनाएको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!