‘मुटु रोग बाट नडराउ, व्यायाम गरौं, पुरुष को दाँजो मा महिला लाई दोब्बर फाइदा’


एउटा नयाँ अध्ययन अनुसार व्यायाम सबैका लागि फाइदा जनक भए पनि यसले पुरुषको दाँजो मा महिलालाई दोब्बर फाइदा हुन सक्छ ।  अमेरिकन कलेज अफ कार्डियोलोजी जर्नलमा प्रकाशित अध्ययनले कम व्यायाम गर्दा पनि पुरुषको तुलनामा महिलाले बढी फाइदा पाएको देखाएको छ ।

अध्ययनमा २७ देखि ६१ वर्ष सम्मका ४ लाखभन्दा बढी अमेरिकीलाई समावेश गरिएको थियो । तिनिहरूको व्यायाम स्तर प्रत्येक केही वर्ष मापन गरिएको थियो ।

अध्ययन अनुसार साता मा कम्तीमा १५० मिनेट व्यायाम गर्ने महिलाहरूमा कुनै पनि कारणले मर्ने जोखिम २४ प्रतिशत कम थियो, जबकी पुरुषहरूमा कुनै पनि कारणले मर्ने जोखिम मात्र १५ प्रतिशत कम थियो ।

यस्तै व्यायाम गर्ने महिलाहरूलाई हृदयघात, स्ट्रोक वा अन्य मुटु को रोगको जोखिम ३६ प्रतिशत कम थियो, जबकी पुरुषहरूमा १४ प्रतिशत कम जोखिम थियो ।

अध्ययन अनुसार मृत्युको जोखिम कम गर्न पुरुषलाई साता मा ३०० मिनेट व्यायाम गर्नु पर्थ्यो भने महिलाको लागि १४० मिनेट को व्यायाम नै पर्याप्त थियो । र महिलाहरूले जति धेरै व्यायाम गरे, उनीहरूमा मृत्युको जोखिम त्यति नै कम हुँदै गयो ।

यद्यपि यो अनुसन्धानले प्रत्यक्ष रूपमा महिलाहरूलाई व्यायामबाट बढी फाइदा भएको संकेत गर्दैन, यो स्पष्ट छ कि नियमित व्यायाम महिलाहरूको लागि धेरै लाभदायक छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!