पारा सिटामोल खादै हुनु हुन्छ? ख्याल गर्नुस्, कलेजोमा क्षति पुर्याउन सक्छ

दुखाइमा राहत दिने विश्वसनीय औषधी मध्ये एक पारासिटामोल हो । यो चक्की विना कुनै समस्या तपाई लाई तत्काल राहत प्रदान गर्छ । तर अव केही विज्ञहरूले यो औषधि उपयोग गर्नाले कलेजोमा क्षति पुग्न सक्ने जनाएका छन् ।


विज्ञहरूले नियमित रूपमा पारासिटामोल खाने मानिसहरूका लागि खतरनाक स्वास्थ्य चेतावनी जारी गरेका छन् । युनिभर्सिटी अफ एडिनबर्गको टोलीले गरेको नयाँ अनुसन्धानले चकित पार्ने नतिजा सार्वजनिक गरेको हो ।

साइन्टिफिक रिपोर्टस् जर्नलमा प्रकाशित अध्ययन ले पहिलो पटक पारासिटामोल को विषाक्तता लाई कलेजो को क्षति सँग जोडेको छ । यो प्रयोग मुसामा गरिएको थियो । जब यो औषधि मुसालाई दिइयो, यसको सेवनको प्रभाव देखियो र अनुसन्धानले यसले प्रत्यक्ष नोक्सान गरेको निष्कर्ष निकाल्यो ।

अनुसन्धान कर्ताहरूले चेतावनी दिए कि यी प्रभावहरू औषधिको उच्च खुराक लिने बिरामीहरूमा देख्न सकिन्छ र यो भनिएको छ कि यदि धेरै मात्रामा प्रयोग गरियो भने यसले साइड इफेक्ट पनि देखाउन सक्छ ।

अध्ययनले के भन्छ ?

इडेनबर्ग विश्वविद्यालयका वैज्ञानिकहरूले अध्ययनमा भने कि उनीहरूले मानव र मुसाको तन्तुमा कलेजो कोषहरूमा पारासिटामोलको प्रभावको अध्ययन गरे । नतिजाहरूले देखायो कि केही मामिला मा पारासिटामोलले अङ्गमा रहेका कोशिकाहरू बीचको आवश्यक संरचनात्मक जडानलाई क्षति पुर्याएर कलेजोलाई क्षति पुर्याउन सक्छ ।

अध्ययन विशेषज्ञहरू ले भने, ‘जब यी कोषिका पर्खाल कनेक्सन जसलाई टाइट जक्सन भनिन्छ, मा बाधा पुग्छ, तव कलेजोको तन्तुलाई क्षति पुग्छ । कोशिकाहरूले राम्ररी काम गर्न सक्दैनन् । पारासिटामोल ले कलेजोलाई नोक्सान पुर्याउन सक्ने यो पहिलो अध्ययन हो, जस्तै हेपाटाइटिस, सिरोसिस र क्यान्सर जस्तो स्थितिमा देखिन्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस

error: Content is protected !!