सिन्धुलीमा जापान को सहयोगले नयाँ स्वास्थ्य चौकी


काठमाडौं– जापान सरकारले सिन्धुली जिल्लामा नयाँ स्वास्थ्य चौकी निर्माणको लागि अनुदान सहयोग दिने भएको छ । जापानका राजदूत किकुता युताका ले ‘सहकार्य नेपाल’ की अध्यक्ष सिरमला तामाङ सँग स्वास्थ्य चौकी निर्माणको लागि बुधवार जापानी राज दूतावासमा एक समारोह बीच अनुदान सम्झौतामा हस्ताक्षर गरेका हुन ।

यो परियोजना जापान सरकार कोग्रास रुटहृयुमनसेक्युरिटी प्रोजेक्ट(जिजिपी)को लागि अनुदान सहायता अन्तर्गत वित्त पोषित छ । यस अन्तर्गत अमेरिकी अमेरिकी डलर ७३ हजार ७ सय ४७ अर्थात् करिब ९७ लाख रुपियाँ वरावरको अनुदान समावेश छ ।

गोलन्जोर गाउँ पालिका को वडा नम्बर १ मा रहेको स्वास्थ्य चौकीको पुनर्निर्माणमा यो परियोजनाले सहयोग गरेको छ । गाउँ पालिका को हालको स्वास्थ्य चौकी करिब ४० वर्षअघि निर्माण भएको हो ।

यसमा परीक्षण र उपचारको लागि एउटा मात्र कोठा छ । यस्तै धेरै पुरानो र बिग्रिएको कारण भूकम्प आएमा भत्किने उच्च जोखिम पनि छ । यो आयोजनाको व्यवस्थापन गोलन्जोर गाउँ पालिका र ‘सहकार्य नेपाल’ गर्ने दूतावासले जनाएको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!