‘डा प्रमोद जोशी स्वास्थ्य अनुसन्धान परिषदको सदस्य सचिव नियुक्त’


काठमाडौं– नेपाल स्वास्थ्य अनुसन्धान परिषदको सदस्य सचिवमा सरकारले वरिष्ठ हाड जोर्नी विशेषज्ञ डा प्रमोद जोशी लाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषद् को आइत बार बसेको बैठकले डा जोशीलाई परिषदको सदस्य सचिवमा नियुक्त गरेको हो । डा जोशी नेपाल चिकित्सक संघका कोषाध्यक्ष समेत हुन ।

गेटा अस्पतालमा प्रमुखको रूपमा कार्यरत डा जोशी काठमाडौं स्थित ट्रमा सेन्टरको निर्देशकको जिम्मेवारी समेत सम्हालेका थिए । डा प्रदिप ज्ञवालीको कार्यकाल माघ २६ गते बाट सकिए सँगै परिषदको सदस्य सचिव पद रिक्त थियो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!