नेपालले ट्रान्स–फ्याटी एसिडको स्तरलाई सीमित गरेकोमा डब्लुएचओ को बधाई


नयाँ दिल्ली–विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले स्वास्थ्य प्रवर्द्धन र जीवन बचाउने उद्देश्यले एक कानून मार्फत खाद्य आपूर्तिमा औद्योगिक रूपमा उत्पादन हुने ट्रान्स–फ्याटी एसिडको स्तरलाई सीमित गरेकोमा नेपाललाई बधाई दिएको छ ।

ट्रान्स–फ्याटी एसिड उन्मूलन गर्नु एक लागत–प्रभावी उपाय हो जुन मुटु रोगबाट अकाल मृत्युलाई रोक्नको लागि ठूलो स्वास्थ्य लाभ प्रदान गर्छ’, डब्लुएचओ, दक्षिण पूर्वी एसिया की क्षेत्रीय निर्देशक, साइमा वाजेदले भनिन् ।

दक्षिण पूर्वी एसिया क्षेत्रमा नसर्ने रोगहरू (नन कम्युनिकेबल डिजिज) को रोकथाम र नियन्त्रणलाई प्राथमिकता दिँदैं, डब्लुएचओ ले अन्य उपायहरू सहित राष्ट्रिय खाद्य आपूर्तिहरूबाट ट्रान्स–फ्याटी एसिड उन्मूलनको लागि देशहरूलाई सहयोग गर्दै आएको छ ।

नेपालको कानुन सँगै, अब यस क्षेत्रको झन्डै ८० प्रतिशत जनसंख्या – १६० करोड मानिसहरू – ट्रान्स–फ्याटी एसिडको हानिबाट सम्भावित रूपमा सुरक्षित हुनेछन् ।

विश्वव्यापी रूपमा, औद्योगिक रूपमा उत्पादित ट्रान्स–फ्याटी एसिडको सेवन वर्षेनी ५ लाख ४० हजार मृत्यु को कारण हुन सक्छ । उच्च ट्रान्सफ्याट सेवनले मुटु रोगबाट मृत्युको जोखिम उल्लेखनीय रूपमा बढ्छ । ट्रान्स फ्याटको कुनै ज्ञात स्वास्थ्य लाभ छैन ।

डब्लूएचओ को दक्षिण पूर्वी एसिया क्षेत्रमा हरेक वर्ष हुने करिब ९० लाख मृत्यु मध्ये ६९ प्रतिशत को कारण नसर्ने रोग हो । मुटु रोग मृत्युको एक प्रमुख कारण हो ।

सन २०१८ मा डब्लुएचओ ले औद्योगिक रूपमा उत्पादित ट्रान्स–फ्याटी एसिडहरूको उन्मूलन हासिल गर्न को लागि सघाउन ६ वटा रणनीतिहरूको एक ‘रिप्लेस’ गाइड जारी गर्यो । ‘रिजोल्भ टु सेभ लाइभ्स’को सहकार्यमा, ‘रिप्लेस’ प्रोटोकल हरू क्षेत्र भर लागू भइरहेका छन् ।

सन् २०२२ सम्म थाइल्याण्ड, भारत र बंगलादेश खाद्यान्न आपूर्तिमा ट्रान्स–फ्याटी एसिड उन्मूलनका लागि नियमहरू अपनाएका थिए । इन्डोनेसिया सँग पूरक नीतिगत उपायहरू थिए । श्रीलङकाले सन २०२३ मा नियमावली जारी गर्‍यो । नेपालले ८ फेब्रुअरी माट्रान्स–फ्याटी एसिड सम्बन्धी कानुन जारी गर्यो ।

ट्रान्स–फ्याटी एसिडहरू प्रतिबन्धित गर्नु डब्लुएचओ दक्षिण पूर्वी एसिया क्षेत्रको ‘सी हार्टस’ अन्तर्गतका उपायहरू मध्ये एक हो जसले मुटु रोगबाट हुने मृत्युलाई कम गर्नका लागि सबै साझेदारहरू र सबै सरोकारवालाहरूलाई एकता बद्ध प्रयासमा जोड दिन्छ ।

ट्रान्स–फ्याटी एसिड सम्बन्धी नेपालको कानूनले सन २०२५ सम्ममा डब्लुएचओ रिप्लेस को उत्कृष्ट अभ्यास वा पूरक नीति उपायहरू मार्फत दुई अर्ब मानिसहरूलाई ट्रान्स–फ्याटी एसिडको हानिकारक प्रभावहरूबाट जोगाउने एसइए हर्टस लक्ष्य मा ३ करोड मानिसहरू लाई जोड्नेछ ।

डब्लूएचओले यस क्षेत्रका देशहरूलाई ट्रान्स–फ्याटी एसिड विरुद्धको प्रगतिलाई अगाडि बढाउन उत्तम अभ्यास नीतिहरू, अनुगमन र निगरानीमा ध्यान दिन आग्रह गरेको छ ।

गत महिना, थाइल्याण्ड औद्योगिक रूपमा उत्पादित ट्रान्स–फ्याटी एसिड उन्मूलनमा प्रगति प्रमाणित गर्ने डब्लुएचओ प्रमाणपत्रको पहिलो पाँच प्राप्तकर्ता मध्ये एक थियो ।

खाद्य आपूर्तिबाट ट्रान्स–फ्याटी एसिडहरू हटाउनाले मानिसहरूको स्वास्थ्य र कल्याणमा सुधार हुनेछ र सन २०३० सम्म नसर्ने रोगहरूबाट समय अगावै हुने मृत्युदर लाई एक तिहाइ सम्म घटाउनेएसडीजी (सस्टेनेबल डिभलपमेन्ट गोल)लक्ष्यहरू प्राप्त गर्न मद्दत मिल्नेछ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!