‘चेर्नोबिल नजिकै बस्ने ब्वाँसोहरूमा क्यान्सर प्रतिरोधी क्षमताको विकास’


न्युयोर्क –एउटा अनुसन्धान अनुसार चेर्नोबिल वरपर बस्ने ब्वाँसो हरूले क्यान्सर प्रतिरोधी क्षमता विकास गरेको छ । सन १९८६ मा, चेर्नोबिल पावर प्लान्ट को एउटा परमाणु रिएक्टरमा विस्फोट भएको थियो, जसले क्यान्सर पैदा गर्ने विकिरण उत्पादन गर्यो । अर्थात् चेर्नोबिलको आणविक रिएक्टरमा विस्फोट हुँदा त्यहाँ विकिरण फैलिएको थियो ।

चेर्नोबिलको वरिपरि १ हजार वर्ग माइलको क्षेत्रलाई विकिरण फैलिन बाट रोक्नको लागि चेर्नोबिल एक्सक्लुसिभ जोन (सीईजेड) को रूपमा परिवर्तित गरिएको थियो । यहाँ घोडा, ब्वाँसो आदिलाई आश्रय दिइयो ।

अमेरिकाको प्रिन्सटन युनिभर्सिटीका अनुसन्धान कर्ताहरूले अध्ययन गरिरहेका छन् की चेर्नोबिलका ब्वाँसोहरूको पुर्खाहरूको सम्पर्क (एक्सपोजर) र उनीहरूको शरीरमा रेडियोएक्टिभ कणहरू सञ्चय भए पनि कसरी जीवित छन् ।

अनुसन्धान कर्ता हरूले सीईजेड पुगेर ब्वाँसोको रगतको नमुना लिए । उनीहरूको उद्देश्य ब्वाँसो हरूले क्यान्सर उत्पन्न गर्ने विकिरण को प्रति कसरी प्रतिक्रिया गरिरहेका जान्नु थियो ।

अध्ययन अनुसार ब्वाँसोहरूमा जडान गरिएको विशेष जीपीएस कलरको मद्दतले, वास्तविक समयमा तिनिहरू कहाँ छन् र कति विकिरणको सम्पर्कमा आएका छन् भन्ने थाहा पाइन्छ ।

अध्ययनले के देखियो भने चेर्नोबिल का ब्वाँसोहरू सम्पूर्ण जीवनमा प्रति दिन ११.२८ मिलिरेम विकिरणको सम्पर्कमा थिए, जुन मानिस का लागि सुरक्षित औसत सीमाको छ गुणा बढी छ ।

यो पनि पाइयो की चेर्नोबिलका ब्वाँसोहरू, सीइजेड बाहिर बस्ने ब्वाँसोहरू भन्दा फरक, विकिरण उपचारबाट गुज्रिरहेका क्यान्सर रोगी हरूको जस्तै प्रतिरक्षा प्रणाली परिवर्तन गरेको छ ।

ब्वाँसोको जीनोममा क्यान्सर सँग लड्न सक्षम पार्ने एक विशिष्ट कारणहरू पहिचान गरियो । धेरै जसो अनुसन्धानमा पाइए अनुसार उत्परिवर्तन (म्युटेसन) ले क्यान्सर को जोखिम बढाउँछ, तर यो अध्ययनले सुरक्षात्मक उत्परिवर्तनहरू को पहिचान गर्ने आशा प्रदान गरेको छ । यसले क्यान्सरबाट जोगिने सम्भावना बढाउ छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!