‘प्रसूति गृहमा ४३ करोड लगानीमा नयाँ भवन’


काठमाडौं– परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा नया भवन थपिएको छ । अस्पतालको नयाँ भवनमा विशिष्टीकृत सेवाका अलावा नर्सिङका विद्यार्थीहरूका होस्टेल र तालिममा आउने स्वास्थ्य कर्मीका लागि आवासको व्यवस्था गरिने छ ।

४३ करोड लगानीमा निर्माण सम्पन्न भएको साढे पाँच तले भवनका स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले बुधवार उद्घाटन गरे । अस्पतालका निर्देशक डा. श्री प्रसाद अधिकारीले उक्त भवनको सेवा एक महिना भित्रै सञ्चालनमा आउने बताए ।

स्वास्थ्य मन्त्री बस्नेतले प्रसूति गृहको बिस्तारले अस्पताललाई अझ बलियो बनाउने विश्वास व्यक्त गरे । प्रसूति गृहले हाल सञ्चालन गरिरहेको ४ सय ८९ शैयाले सेवा ग्राहीको चापलाई थाम्न सक्ने अवस्था नभएको औँल्याउँदै स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले अस्पतालको  नयाँ भवनले सेवा प्रवाहमा सहज हुने बताए ।

पूर्व स्वास्थ्य सचिव डा. सुधा शर्माले अस्पतालले प्रदान गरिरहेको सेवा अझै बिस्तार हुनु पर्ने आवश्यकता रहेको बताइन । वि.स. २०१६ सालमा स्थापना भएको प्रसूति गृहमा हाल ८ सय कर्मचारी र स्वास्थ्य कर्मीले सेवा प्रदान गरिरहेका छन् । यो एक मात्र देशको सरकारी स्तरको विशिष्टीकृत प्रसूति तथा स्त्री रोग अस्पताल हो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!