६० वर्षको उमेर पछि सोच्ने र बुझ्ने क्षमतामा तीव्र गतिले कमी


एउटा नयाँ अध्ययन अनुसार ६० वर्षको उमेर पछि न्यूरो कग्निटिभ डिसअर्डर (संज्ञानात्मक कार्य मा गडबडी) द्रुत गतिमा बढ्न थाल्छ । जसले मानिसको सोच्ने र बुझ्ने क्षमतालाई असर गर्छ ।

जर्नल प्लोस मा हालै प्रकाशित अनुसन्धान अनुसार ६० देखि ६४ वर्षमा ४ प्रतिशत कग्निटिभ डिसअर्डर पाइयो र ८० वर्षमा बढेर ५.२ प्रतिशतमा भयो ।

अमेरिकाको जोन हपकिन्स विश्वविद्यालय र भारत, बेंगलुरु को सेन्ट जोन्स मेडिकल कलेजले यो अध्ययन गरेको हो । भारतमा ६० वर्षभन्दा माथिका अनुमानित १३.८ करोड वृद्धहरूलाई हेर्दा, यी अनुमानहरू बताउँछ की करिव २.४ करोड र ९९ लाख वृद्धहरू क्रमशः हल्का र प्रमुख न्यूरोकग्निटिभ डिसअर्डरहरूबाट पीडित छन् । यसको अर्थ भारतमा पाँचमध्ये एक वृद्ध व्यक्ति हल्का र प्रमुख न्यूरोकग्निटिभ डिसअर्डरबाट पीडित छन् ।

अनुसन्धान टोलीमा १८ भौगोलिक र भाषिक रूपमा विविधता भएको राज्यहरूमा बस्ने लगभग ४ हजार १ सय जना लाई अध्ययनमा सहभागी गराए । तीमध्ये अधिकांश ६० देखि ७९ वर्षका थिए ।

उनीहरूले वृद्ध वृद्धा, कम पढेका र ग्रामीण क्षेत्रमा बसोबास गर्नेहरूमा यसको प्रकोप बढी रहेको पाए । आगामी दिनमा यो अझै बढ्ने आशंका छ । टोलीले तथ्याङ्कलाई व्यापक रूपमा विश्लेषण गर्‍यो ।

टीबीई परिणाम हरूले देखाए कि जनसंख्या मा डीएमएस–५ हल्का र प्रमुख न्यूरो कग्निटिभ विकारहरूको प्रसार क्रमशः १७.६ प्रतिशत र ७.२ प्रतिशत थियो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!