बलिउड अभिनेता, राजनीतिज्ञ मिथुन चक्रवर्ती अस्पताल भर्ना, छाती दुखेको गुनासो


नयाँ दिल्ली- बलिउडका दिग्गज अभिनेता तथा राजनीतिज्ञ मिथुन चक्रवर्ती शनिबार, कोलकाताको एक अस्पतालमा भर्ना भएका छन् । उनले आज (शनिवार) बिहान छाती दुखेको गुनासो गरेपछि कोलकाताको अपोलो अस्पतालमा भर्ना गरिएको हो ।

रिपोर्टका अनुसार, ७३ बर्षीय अभिनेताका नजिकका आफन्तहरूले उनलाई असहज महसुस भए पछि एपोलो अस्पताल लगिएको बताए । हाल उनको उपचार भइरहेको छ । तर हाल सम्म मिथुन को परिवार को सदस्यले भने उनको अस्पतालमा भर्ना भएको खबर मा कुनै प्रतिक्रिया दिएका छैनन् । अस्पतालले पनि अहिलेसम्म कुनै जानकारी दिएको छैन ।

यो खबरपछि अभिनेताका फ्यानहरु चिन्तित भएका छन् र उनको स्वास्थ्यसँग सम्बन्धित जानकारीको पर्खाइमा छन् । संगै उनको छिट्टै स्वास्थ्य लाभको कामना पनि गरिरहेका छन् । मिथुनलाई हालै भारतको प्रतिष्ठित पद्मभूषण अवार्डबाट सम्मानित गरिएको थियो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!