‘४ वर्षमा ९ जना स्वास्थ्य मन्त्री अन्तर्गत काम गर्ने डा. प्रदिप ज्ञवाली’

३३ वर्ष अघि बनेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद ऐनको हाल सम्म एउटा बुँदा पनि संशोधन भएको छैन


काठमाडौं–नेपाल स्वास्थ्य अनुसन्धान परिषद (एनएचआरसी) का सदस्य सचिव डा. प्रदिप ज्ञवालीले आफ्नो चार वर्षे कार्यकालमा ९ वटा स्वास्थ्य मन्त्री फेरिएको बताए । सदस्य सचिवको रूपमा शुक्रवार दिउसो तिन बजे उनको ४ वर्षे कार्यकाल सकिने छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद ऐन २०४७ को संशोधन प्रस्ताव विषयक सरोकारवाला हरू सँग कार्यशाला गोष्ठीमा बिहिवार डा.ज्ञवाली ले भने–‘चार वर्षे कार्यकालमा मैले ९ वटा मन्त्री सँग काम गर्न पाए । व्यक्तिगत हिसाबले कसैले हस्तक्षेप गर्नु भएको छैन ।’ तर उनले मुलुकमा ४ वर्ष मा ९ वटा स्वास्थ्य मन्त्री फेरिनु विडम्बना को कुरा रहेको समेत स्विकारे ।

२०४७ सालमा स्थापित परिषदको को ऐनको हाल सम्म एउटा बुंदा समेत संसोधन नभएको औँल्याउँदै डा. ज्ञवालीले भने–‘३३ वर्ष अघि बनेको ऐनमा हाल सम्म समयानुकूल कुनै परिमार्जन नभएकोले हामी कोभिड महामारी आउँदा थुप्रै समस्या भोग्यौ ।’  उनले आफू जाँदा जाँदै भए पनि यो ऐनमा समयानुकूल परिमार्जन होस भन्ने चाहनाले संशोधन प्रस्ताव मा छलफल प्रकृया शुरु गरेको बताए ।

आफ्नो कार्यकालमा नेपालमा पहिलो पटक जिन सिक्वेसिंङ्ग अध्ययन भएको औँल्याउँदै डा.ज्ञवालीले परिषदमा कोरोना भाइरस महामारी सम्बन्धी ३५ वटा अध्ययन गरिएको समेत उल्लेख गरे । यस्तै कोभिड बाहेक अन्य विषयमा पछिल्लो ४ वर्षमा ५७ वटा अध्ययन अनुसन्धान परिषदमा भएको बताए ।

परिषदको ऐन संशोधन प्रकृया सजिलो नरहेको जनाउँदै उक्त कार्यक्रममा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा.चोपलाल भुसालले अझै थुप्रै चरणहरू पार गर्नु पर्ने र यसमा लामो समय लाग्ने बताए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!