मानव मस्तिष्क मा ब्रेन चिप प्रत्यारोपित, एलोन मस्क को न्यूरा लिंक ले पहिलो पटक गरे यस्तो उपलब्धि

न्यूरालिंक भन्छन् कि यसको उद्देश्य न्यूरोलोजिकल विकारबाट पीडित व्यक्तिहरूको लागि जीवन सजिलो बनाउनु हो।


टेस्ला र एक्सका मालिक एलोन मस्क आफ्नो नयाँ कम्पनी न्यूरालिङ्कको साथ एकपटक फेरि चर्चामा आएका छन्। उनको स्टार्टअप ‘न्यूरालिङ्क’ ले पहिलो पटक मानव बिरामीमा ब्रेन चिप प्रत्यारोपण (इम्प्लान्ट) गरेको हो ।

एलोन मस्कले एक्स मा मंगलबार यो जानकारी दिए र भने कि उनको न्यूरालिंक स्टार्टअपले आफ्नो पहिलो मानव बिरामी को मस्तिष्क मा ब्रेन चिप प्रत्यारोपण गरेको छ । “पहिलो मानवले हिजो न्यूरालिंकबाट प्रत्यारोपण प्राप्त गर्यो र निको भैरहेको छ,” मस्कले ट्विटरमा लेखे । “प्रारम्भिक परिणामहरू आशाजनक छन्,” ।

सन् २०१६ मा मस्कले सह-स्थापना गरेको न्यूरोटेक्नोलोजी कम्पनीले मस्तिष्क र कम्प्युटरबीच प्रत्यक्ष सञ्चार च्यानल सिर्जना गर्ने लक्ष्य राखेको छ। न्यूरालिङ्क को टेक्नोलोजीले मुख्य रूपमा न्लिङ्क भनिने इम्प्लान्ट मार्फत काम गर्नेछ – पाँच सिक्का को आकार को यन्त्र जुन शल्यक्रिया मार्फत मानव मस्तिष्कमा राखिने छ ।

कम्पनीले गत वर्ष जारी गरेको विज्ञप्तिमा मानिसमा मस्तिष्क प्रत्यारोपण परीक्षण गर्न अमेरिकी नियामकहरूबाट स्वीकृति प्राप्त गरेको जानकारी दिइएको थियो । अमेरिका को फूड एन्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए) ले यसलाई मानवमा क्लिनिकल परीक्षणको लागि स्विकृती दिएको थियो।

डाटा कम्पनी पिचबुक अनुसार गत वर्ष, क्यालिफोर्नियामा आधारित न्युरालिंकमा ४ सय भन्दा बढी कर्मचारीहरू थिए र कम्तिमा ३६३ मिलियन डलर उठाइएको थियो, । न्यूरालिंक भन्छन् कि यसको उद्देश्य न्यूरोलोजिकल विकारबाट पीडित व्यक्तिहरूको लागि जीवन सजिलो बनाउनु हो।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!