‘गंगालालमा मुटु शल्य चिकित्सक को अभाव हुने अवस्था’


काठमाडौं – शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भविष्यमा मुटु शल्य चिकित्सकको अभाव हुने अवस्था देखिएको छ। केन्द्रको २८ औं बार्षिकोत्सवको अवसरमा सोमबार आयोजित कार्यक्रममा गङ्गालाल का कार्यकारी निर्देशक डा.रवि मल्लले विगत सात वर्षमा मुटु शल्यक्रिया (कार्डियाक सर्जरी) विधा मा कोही भर्ना हुन नआएका बताए।

उनले भने, केन्द्र मा गत वर्ष मात्र एक हजार ८ सय ३८ जनाको मुटुको सल्यक्रिया भएको छ । सरकारले गङ्गालाललाई प्रतिष्ठान नबनाए भविश्यमा कार्डियाक सर्जनको अभाव हुने दाबी गर्दै डा मल्ल ले यो अवस्था अन्त गर्नका लागि प्रतिष्ठान बनाउनु आवश्यक रहेको औल्याए ।

गंगालाललाई प्रतिष्ठान बनाउने
स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले बार्षिकोत्सव समारोहमा गंगालाल हृदय केन्द्रलाई छिट्टै स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने प्रकृया अगाडि बढिसकेको जानकारी दिए ।

मन्त्री बस्नेतले भने, ‘गंगालाल हृदय केन्द्रलाई प्रतिष्ठानको रुपमा अगाडि बढाए मात्र भविष्यमा हुनसक्ने जनशक्ति अभावको समस्या समाधान गर्न सकिन्छ ।’

विद्यमान चिकित्सा शिक्षा ऐनका कारण अहिले कयौं विद्यार्थी चिकित्सा शिक्षा अध्ययनकै लागि विदेश जानु परेको स्मरण गर्दै मन्त्री बस्नेतले सरकारले चाडै चिकित्सा शिक्षा ऐन परिमार्जन गरेर देशलाई मेडिकल शिक्षाको हवको रुपमा विकास गर्ने दावी समेत गरे । विसं २०५२ सालमा ९ शैयाबाट सुरु भएको गंगालाल हृदय केन्द्र अहिले ३०० शैयामा सञ्चालित छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!