मधुमेह को औषधि ले कलेजो सम्बन्धी गम्भीर रोगहरू वाट जोगाउन सक्छ


मधुमेहको उपचारमा प्रयोग हुने औषधि ओजेंपिक र अन्य जीएलपी १ एगोनिष्ट को उपयोग कलेजो सम्बन्धी गम्भीर रोग वाट बच्न समेत सहयोगी सावित हुन सक्छ । एक अनुसन्धान अनुसार यसको प्रयोगले टाइप २ मधुमेहबाट पीडित व्यक्तिमा सिरोसिस र कलेजोको क्यान्सरको जोखिम कम हुन्छ ।

रगतमा चिनीको स्तर घटाउन ओजेम्पिक आदि प्रयोग गरिन्छ । यो मुख्यतया टाइप २ मधुमेह का बिरामीको उपचारमा उपयोगी हुन्छ । यो औषधिले भोक लाग्न समेत कम गर्छ, त्यसैले मोटो पनाको उपचारमा यसको प्रयोग बढ्दो छ । यो तौल घटाउनको लागि प्रयोग हुने मुख्य औषधि पनि बन्दै गएको छ ।

जर्नल गुट मा प्रकाशित अनुसन्धानमा यो औषधि लामो समय सम्म सेवन गर्ने व्यक्तिलाई पछि गएर कलेजोको रोग लाग्ने खतरा कम हुने बताएकोछ । स्वीडेनको कैरोलिन्स्का इन्स्टिच्युटका अनुसन्धान कर्ताहरू को अनुसार टाइप२ मधुमेहका बिरामीलाई कलेजोको गम्भीर रोग लाग्ने खतरा कायम रहन्छ ।

उनीहरूको दाबी अनुसार यो जानकारी अत्यन्त महत्त्वपूर्ण साबित हुन गइरहेको छ, किनकी यो जोखिम कम गर्न को लागी वर्तमानमा कुनै स्वीकृत औषधि छैन । तर, यसका लागि क्लिनिकल ट्रायल आवश्यक रहेको समेत उनीहरूले बताएका छन् ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!