बसेर काम गर्ने मा मृत्युको जोखिम १६% र मुटु रोगको जोखिम ३४% बढी


हालै गरिएको एउटा नयाँ अनुसन्धानको दाबी अनुसार मुख्यतया लामो समयसम्म बसेर काम गर्ने व्यक्तिहरूले हृदय रोग र मृत्युको बढ्दो जोखिमलाई कम गर्न दिनको १५ देखि ३० मिनेट अतिरिक्त व्यायाम गर्नु पर्छ।

जामा नेटवर्क ओपन जर्नलमा प्रकाशित अध्ययन ४ लाख ८१ हजार ६ सय ८८ जनामा गरिएको हो । अध्ययन मा मुख्यतया बसेर काम गर्ने यी व्यक्तिमा मृत्युको जोखिम १६ प्रतिशत र मुटु रोगको जोखिम ३४ प्रतिशत बढी रहेको पाइएको थियो । अध्ययन मा उमेर, शिक्षा, धूम्रपान, मदिरा सेवन र बडी मास इन्डेक्सलाई ध्यानमा राखिएको थियो ।

अध्ययनहरूले देखाउँछ कि कार्यस्थल मा लामो समय सम्म बसेर काम गर्ने समय कम गरेर वा दैनिक शारीरिक गतिविधि बढाउँदा मृत्यु र हृदय रोगको बढ्दो जोखिम कम गर्न सकिन्छ।

अध्ययनमा ताइवानमा स्वास्थ्य निगरानी कार्यक्रमका सहभागीहरूलाई समावेश गरिएको थियो र उनीहरू लाई सन १९९६ र २०१७ को बीचमा अध्ययन गरिएको थियो।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!