नक्कली डाक्टरको आरोपमा पक्राउ परेकालाई कारबाही गरः चिकित्सक संघ


काठमाडौँ – नेपाल चिकित्सक संघले नक्कली डाक्टरको आरोपमा पक्राउ परेका सम्बुद्ध भट्टाचार्य लाई कानुन बमोजिम कारबाही अघि बढाउन माग गरेको छ ।

चिकित्सक संघले सोमबार विज्ञप्ति जारी गर्दै नक्कली डाक्टरको आरोपमा काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयले बाँसबारीमा बस्दै आएका सम्बुद्ध भट्टाचार्य लाई पक्राऊ गरेको र उनी चिकित्सक संघको सदस्य नभई नक्कली परिचय पत्र बनाएको जनाएको छ ।

सङ्घले चिकित्सक नभई नक्कली परिचय पत्र बनाएर परिचय पत्रको दुरुपयोग गर्दै सयौंको सङ्ख्यामा उपचारमा संलग्न भएका भट्टाचार्य लाई कानुन बमोजिमको कारवाही गर्न माग गरेको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!