‘मौखिक स्वच्छता ले निमोनियाँ को जोखिम कम’
निमोनियाँ एक सामान्य समस्या हो, जसले बालबालिका, वयस्क, बूढापाका जो सुकै लाई सताउन सक्छ । हालै गरिएको एक अध्ययन अनुसार राम्ररी ब्रस गर्दा निमोनियाँको जोखिम कम गर्न सकिन्छ ।
जामा इन्टरनल मेडिसिनमा प्रकाशित यो अध्ययनको प्रतिवेदन अनुसार सामान्यतया मानिसहरू हतारमा ब्रस गर्छन् र आफ्नो दाँत राम्ररी सफा गर्न सक्दैनन् ।
जसले गर्दा निमोनियाँसँगैअन्य समस्याको जोखिम पनि बढ्छ । अनुसन्धान कर्ताहरूले आफ्नो अध्ययनमा ओरलमाइक्रोबायोम,ओरल हेल्थ, डेन्टलप्लाक र निमोनियाँको विकास बीच एउटा सम्बन्ध रहेको पाएका छन् । र यसलाई रोक्नको लागि उचित मौखिक हेरचाह सिफारिस गरेका छन् ।
हाम्रो मुख भित्र भएका सुक्ष्मजीव हरूको समुदायलाई ओरल माइक्रोबायोम भनिन्छ। यस्तै डेन्टल (दाँत को) प्लाक एक टाँसिने पदार्थ हो जुन बचेको खानाको कण र लारबाट बन्छ र मुखमा मिसिन्छ।
प्रतिक्रिया दिनुहोस