‘स्वभाव परिवर्तन गर्न सक्छ शरीरको प्रतिरक्षा प्रणाली’


समुद्री खाना (सी–फुड) को एलर्जी भएका मानिसहरू यसको गन्ध बाटै धेरै बढी बिरामी हुन्छन् । फलस्वरूप उनीहरू यस्ता खाना खानबाट झन बढी जोगिन थाल्छन ।

केही खास खाने कुरा खाएपछि बिरामी पर्ने मानिसहरूको स्वभाव पनि त्यस्तै देखिन्छ । यस्तो हाम्रो हाम्रो शरीरको प्रतिरक्षा प्रणाली (इम्युन सिस्टम) ले गर्दा हुन्छ ।

येल युनिभर्सिटीका अनुसन्धान कर्ताहरूले गरेको अध्ययनका अनुसार हाम्रो शरीरको प्रतिरक्षा प्रणालीले हाम्रो स्वभाव मा परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्छ ।

यो अध्ययनको प्रतिवेदन नेचर जर्नल मा प्रकाशित भएको छ । अध्ययन अनुसार प्रतिरक्षा प्रणालीबाट संवाद बिना मस्तिष्कले शरीरलाई कुनै पनि नजिकका खतराहरू बारे चेतावनी दिदैन र हामीले ती खतराहरूबाट बाच्ने पहिले देखी नै प्रयास गर्दैनौ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!