‘एन्टिफङ्गल औषधि को अत्याधिक प्रयोगले ओखती प्रतिरोधी संक्रमण बढ्दै’

सबै भन्दा बढी देखिन थालिएको खतरा दाद (रिङ्ग वर्म) को औषधि प्रतिरोधी रूप हो । यसकाे प्रमुख प्रकोप दक्षिण पूर्व एसियामा भएको छ, जसमा हाल भएका एन्टि फङ्गल क्रिम वा चक्कीहरू प्रभावकारी छैनन् ।


अनुसन्धान कर्ताहरूले एउटा नयाँ अनुसन्धानमा छाला सम्बन्धी एन्टिफङ्गल औषधिको अत्यधिक प्रयोग औषधि प्रतिरोधी रोगहरू को कारण बन्दै गरेको पत्ता लगाएका छन् ।

अनुसन्धानका अनुसार डाक्टरहरूले छालाको समस्या भएका बिरामीहरूलाई यति ठूलो मात्रामा एन्टिफङ्गल क्रिमहरू सिफारिस गरिरहेका छन् की यसले औषधि प्रतिरोधी संक्रमणलाई बढावा दिन सक्छन् ।  यो गम्भीर फंगल संक्रमण को हालै अमेरिकी अनुसन्धान कर्ताहरूले पत्ता लगाएका छन् ।

अमेरिका स्थित सेन्टर फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) का अनुसन्धान कर्ता जेरेमी गोल्डको नेतृत्वमा गरिएको अध्ययन मा यस खतरा बारे चेतावनी दिइएको छ ।

अनुसन्धान कर्ताहरूको निष्कर्ष सीडीसीको ‘मर्बिडिटी एण्ड मोर्टालिटी’, वीकली रिपोर्टको हालैको संस्करणमा प्रकाशित गरिएको छ ।  अनुसन्धान अनुसार सबै भन्दा बढी देखिन थालिएको खतरा दाद (रिङ्ग वर्म, छालामा खस्रो चक्का परेर फैलने र चिलाउने सरुवा खालको एक चर्म रोग) को औषधि प्रतिरोधी रूप (डर्माटोफाइटोसिस को एक रूप) हो । यो चिलाउने, गोलाकार दानाको प्रमुख प्रकोप दक्षिण पूर्व एसियामा भएको छ, जसमा सामयिक एन्टि फङ्गल क्रिम वा चक्कीहरू प्रभावकारी छैनन् ।

अनुसन्धान टोलीले अमेरिकाका धेरै राज्यहरूमा औषधि प्रतिरोधी दादको केसहरू देखिएका छन् । यसले बिरामीमा घाउ हुने, जसले उपचारमा ढिलाइ हुने गरेको छ । जस्तो की एन्टिबायोटिक औषधि को अत्याधिक प्रयोगले देखिएको छ की फंगस स्वभाविक रूपमा एन्टिफङ्गल औषधिहरू प्रति प्रतिरोध विकास गर्दछ ।

अनुसन्धान टोलीले पत्ता लगायो भने डाक्टरहरूले सामयिक एन्टिफंगल मलम (क्रिम) हरू को आवश्यकता भन्दा बढी प्रस्ताव गरि रहेका छन् । सँगै यो पनि पत्ता लाग्यो कि ठूलो सङ्ख्यामा मानिसहरूले यी औषधिहरू आफैँ उपयोग गरि रहेका छन् । यसका लागि चिकित्सक सँगै बिरामीलाई पनि यसको सही प्रयोगबारे सचेत गराउनु पर्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस

error: Content is protected !!