पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकै दिन २ जनाको मृगौला प्रत्यारोपण


पोखरा – पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा एकै दिन दुई जनाको मिर्गौला प्रत्यारोपण भएको छ ।

यस अघि समेत शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सहयोग तथा कार्यकारी निर्देशक एवं बरिष्ठ मृगौला र कलेजो प्रत्यारोपण शल्यचिकित्सक डा. पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा गत असार ९ गते प्रतिष्ठानमा पहिलो पटक एक जनाको मृगौला प्रत्यारोपण भएको थियो ।

सातै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने कार्यक्रम अन्तर्गत मुलुक मै पहिलो पटक गत महिना पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृगौला प्रत्यारोपण सेवा सुरु भएकोमा शनिवार गरिएको दुई जना को प्रत्यारोपण समेत त्यसकै निरन्तरता रहेको डा.श्रेष्ठले बताए ।

त्यसताका नै पोखरामा प्रत्यारोपण सेवा नियमित अन्तरालमा निरन्तरता पाउने केन्द्रले जनाएको थियो । हाल केन्द्रले मुलुकका अन्य प्रदेशहरूमा समेत प्रत्यारोपण सेवाको विस्तार गर्ने क्रम जारी राखेको छ ।

कास्की जिल्ला रुपाकोट गाउँपालिकाका, ५३ वर्षीया पूरुष र स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका ४२ वर्षीय पुरुषको मृगौला प्रत्यारोपण गरिएको हो । दुबै जनालाई आ–आफ्नो श्रीमतीले मिर्गौला दिएकी थिइन ।

डा.श्रेष्ठले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रत्यारोपण सेवामा आत्म निर्भर बनाउनको लागि नेफ्रोलोजिष्ट, सर्जन, एनेस्थेसियोलोजिष्ट , कोर्डिनेटर र शल्यक्रिया कक्ष एवं आइसीयु नर्सहरूलाई तालिम जारी राखिएको बताए ।

प्रतिष्ठानका उपकुलपति प्रा.डा. डुकबहादुर क्षेत्री र निर्देशक भरत खत्रीले प्रत्यारोपण सेवाले निरन्तरता पाएकोमा खुशी व्यक्त गरे ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!