‘प्रेम अन्धो हुनुको वैज्ञानिक रहस्य खुल्यो’

जब कोही प्रेममा हुन्छ भने उनीहरूको दिमागले फरक प्रकारको प्रतिक्रिया गर्छ । यसले स्नेहको वस्तुलाई जीवनको केन्द्र बनाउँछ ।


अष्ट्रेलियाका वैज्ञानिकहरूको टोलीले मानव मस्तिष्कको व्यवहार सक्रिय प्रणाली (विहेवेरियल एक्टिभेसन सिस्टम–बीएएस) र रोमान्टिक प्रेम बीचको सम्बन्धको जाँच पडताल गरेका छन् ।

यस अनुसार, यो सबैलाई थाहा छ कि रोमान्टिक प्रेमले मस्तिष्क लाई परिवर्तन गर्छ र तथाकथित ‘लभ हार्मोन’ अक्सिटोसिन निष्कासन गर्दछ, जुन प्रेममा पर्दा महसुस हुने उत्साहको लागि जिम्मेवार हुन्छ ।

अब, अस्ट्रेलियन नेशनल युनिभर्सिटी (एएनयू), क्यानबेरा विश्वविद्यालय र साउथ अष्ट्रेलिया विश्वविद्यालयका अनुसन्धान कर्ताहरूले प्रेमको सन्दर्भमा मस्तिष्कको एक भागले कसरी व्यवहार गर्छ भनेर अनुसन्धान गरेका छन् ।

बिहेभियरल साइन्सेज जर्नल मा प्रकाशित यस अध्ययनमा अनुसन्धान कर्ताहरूको टोलीले १ हजार ५ सय ५६ जना युवा वयस्कहरूमा सर्वेक्षण गरे, जो प्रेममा परेका थिए । सर्वेक्षण को प्रश्नहरू तिनिहरूको भावनात्मक प्रतिक्रिया, वरपरका मानिसहरूको व्यवहार र तिनिहरूको प्रियजन हरू माथि केन्द्रित थिए ।

विश्लेषण वाट पत्ता लाग्यो कि जब कोही प्रेममा हुन्छ भने उनीहरूको दिमागले फरक प्रकारको प्रतिक्रिया गर्छ । यसले स्नेहको वस्तुलाई जीवनको केन्द्र बनाउँछ ।

एएनयूका प्रमुख अनुसन्धान कर्ता तथा पिएचडी विद्यार्थी एडम बोडेले भने, ‘हामीलाई रोमान्टिक प्रेमको विकासको बारेमा वास्तवमा थोरै थाहा छ । त्यस कारण प्रत्येक खोज जसले हामीलाई रोमान्टिक प्रेमको विकासको बारेमा बताउँछ, त्यो पहेली (पज्जल) को महत्वपूर्ण खण्ड हो जुन भर्खरै सुरु भएको छ । रोमान्टिक प्रेम पहिलो पटक लगभग पचास लाख वर्ष पहिले देखा पर्‍यो, जब मानिस बाँदरबाट फरक अस्तित्व मा आए ।’

उनले भने, ‘हामीलाई थाहा छ कि पुरातन ग्रीकहरू सँग यसबारे मा धेरै दर्शनहरू थिए । उनीहरूले यसलाई एक अद्भुत र पीडा दायी अनुभवको रूपमा पहिचान गरे । हाल सम्म प्राप्त मध्ये सबैभन्दा पुरानो प्रेम कविता लगभग २००० ईसा पूर्वको मानिन्छ ।’

अध्ययनले देखाउँछ कि रोमान्टिक प्रेम व्यवहार को सँग सँगै भावनामा परिवर्तन सँग समेत सम्बन्धित छ । हामी रोमान्टिक प्रेममा अक्सिटोसिनको भूमिका बारे समेत जान्दछौ, किनकी जब हामीले प्रियजनहरू सँग अन्तरक्रिया गर्छौ, हाम्रो स्नायु प्रणाली र रक्त प्रवाहमा यसको तरंग फैलिएको अनुभव गर्छौ । यद्यपि जुन प्रकारले प्रियजन लाई विशेष महत्व प्राप्त हुन्छ, त्यो डोपामाइन सँग अक्सिटोसिनको संयोजनको संयोजनले गर्दा हुन्छ । यो एक रसायन हो जुन हाम्रो मस्तिष्कले रोमान्टिक प्रेमको बेला स्राव (निकाल्ने) गर्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!