‘मोटो व्यक्तिमा ब्लड क्यान्सर हुने जोखिम बढी’


‘ब्लड एडभेन्सेज’ जर्नलमा प्रकाशित एउटा नयाँ अनुसन्धान अनुसार मोटो व्यक्तिलाई ब्लड (रगत) क्यान्सरको जोखिम बढी हुन्छ । उनीहरूमा रगत को मल्टिपल माइलोमा (एक प्रकारको रगतको क्यान्सर) उत्पन्न हुने अनुकूल अवस्था हुन्छ । अध्ययनको क्रममा, अनुसन्धान कर्ताहरूले पत्ता लगाए कि तौल एवं धूम्रपान को बानी को यो रोगको विकास सँग सीधा सम्बन्ध हुन सक्छ ।

रगतको अनुकुल स्थिति लाई मोनोक्लोनल गेमोप्याथी अफ अनडिटरमाइन्ड सिग्नीफिकेन्स (एमजीयुएस) भनिन्छ । यसमा, प्लाज्मा सेलहरूले प्रोटिनको असामान्य मात्रा उत्पादन गर्न थाल्छ, जसले पछि मल्टिपल माइलोमा को अवस्थालाई जन्म दिन्छ ।

अध्ययन अनुसार एमजीयूएसको अवस्था रहेको धेरैजसो मानिसमा कुनै लक्षण देखा पर्दैन । रगतमा एमजीयुएसको उपस्थिति देखिए पछि उनीहरूको स्वास्थ्यमा ध्यान दिनुपर्ने हुन्छ ।

अध्ययनमा २ हजार ६ सय २८ जना लाई समावेश गरिएको थियो । यिनी हरू लाई मल्टि माइलोमा हुने उच्च जोखिम थियो । टोलीले केही दिनपछि मोटो भएका मानिसहरूलाई सामान्य तौल भएका मानिसहरूको दाँजो मा एमजीयूएस बाट पीडित हुने जोखिम ७३ प्रतिशत बढी रहेको पत्ता लगाए ।

मोटोपनाका कारण हुने अन्य रोगहरूले क्यान्सरको जोखिम बढाउन कसरी सहयोगी हुन सक्छन् भन्ने विषयमा व्यापक र गहिरो अनुसन्धान आवश्यक छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!