बाल रोग विशेषज्ञ डा. महेश कुमार गौतम को निधन, चिकित्सक संघ द्वारा शोक व्यक्त

गाडी हाँकिरहेका डाक्टर गौतम सहित उनका सासु ससुरा र छोरा छोरीको पनि दुर्घटनामा मृत्यु


काठमाडौं- नेपाल चिकित्सक संघ ले बाल रोग विशेषज्ञ डा. महेश कुमार गौतमको शनिवार असामयिक निधन भएको मा दिवंगत आत्माको चिर शान्ति को कामना गर्दै शोक सन्तप्त परिवार प्रति हार्दिक समवेदना प्रकट गरेको छ ।

चिकित्सक संघ शनिवार विज्ञप्ति जारी गर्दै स्व. डा गौतमले नेपालको चिकित्सा शिक्षा र चिकित्सा जगतमा पुर्याएका योगदान सबैको मानस पटलमा सदा सर्वदा स्मरण योग्य रहने जनाएको छ ।

इमानदार, लगनशील र वरिष्ठ चिकित्सक लाई गुमाउन पुगेकोमा नेपाल चिकित्सक संघ परिवार अत्यन्तै मर्माहत भएको समेत विज्ञप्तिमा उल्लेख छ ।

हेटौंडाबाट काठमाडौं प्रवेश गर्ने छोटो दुरीको थानकोट-चित्लाङ सडक खण्ड चन्द्रागिरि नगरपालिका-४ सेतो पहरामा निजी कार दुर्घटना हुँदा गाडी चलाइरहेका डा गौतम सहित उनका छोरा छोरी र सासू ससुरा गरी पाँच जनाको मृत्यु भएको हो। उक्त दुर्घटनामा ४ जनाको घटनास्थल मा र १ जनाको उपचारको क्रममा बल्खु स्थित बयोधा अस्पतालमा मृत्यु भएको हो ।

प्रहरीका अनुसार दुर्घटनामा काठमाडौं-३० मैतीदेवीका ६७ वर्षीय ओमकार निधि तिवारी, उनकी पत्नी ६४ वर्षीया कल्पना तिवारी, ज्वाइँ काठमाडौं–२ का डा. महेश कुमार गौतम, उनका छोरा छोरी क्रमशः ६ वर्षीया स्मारिका र ४ वर्षीय प्रियन्सको मृत्यु भएको हो ।

घाइते स्मारिकाको बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । डा. महेश कुमार की पत्नी डा.सृष्टि तिवारी गौतम गाडी बाट हाम फालेर बाँच्न सफल भएकी हुन् ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!