जीका भाइरसले बाल्य कालमा हुने न्यूरोब्लास्टोमा ट्युमर (क्यान्सर) को उपचार सम्भव


अमेरिकी अनुसन्धान कर्ताहरूले बाल्य कालको एउटा जटिल क्यान्सरको उपचारमा जीका भाइरसको सफल प्रयोग भएको दाबी गरेका छन् । यो अध्ययन क्यान्सर रिसर्च कम्युनिकेसन्समा प्रकाशित छ ।

अनुसन्धान टोलीले जीका भाइरसको उपचारबाट न्यूरोब्लास्टोमा ट्युमर (गाँठो) कम गर्न वा हटाउन सकिने पत्ता लगाएको छ । न्यूरोब्लास्टोमा एक जटिल बाल्य कालको क्यान्सर हो जुन सिम्प्याथेटिक स्नायु प्रणाली र एड्रेनल ग्रन्थिहरूमा विकसित हुन्छ ।

उच्च जोखिममा रहेका न्यूरोब्लास्टोमाका आधाभन्दा बढी बिरामीहरूमा परम्परागत केमोथेरापी वा विकिरण थेरापीले धेरै असर भइ रहेको छैन । यो पछि फेरि विकसित हुन्छ ।

हालैका वर्षहरूमा, अन्वेषकहरूले पत्ता लगाएका छन् कि लामखुट्टे बाट सर्ने जीका भाइरसले क्यान्सर कोशिकाहरूलाई मार्न सक्छ। गर्भवती महिलाहरूमा जीका भाइरस सङ्क्रमणले विकासशील प्रोटिन सीडी २४ लाई लक्षित गरेर उनीहरूमा जन्म दोषहरू उत्पन्न गर्छ ।

न्युमरस चिल्ड्रेन हेल्थ सिस्टमका अनुसन्धान कर्ताहरूले जिका भाइरसको न्यूरोब्लास्टोमा विरुद्धको उपचारको सम्भाव्यताको अनुसन्धान गरे । अन्वेषकहरूले यसलाई मुसा मोडेलहरूमा परीक्षण गरे। अनुसन्धान टोलीले न्यूरोब्लास्टोमा वाट पीडित आधा मुसालाई सलाईन घोल र बाकी आधालाई जिका भाइरसको सुई लगाइएको थियो।

यो अध्ययनमा के देखियो भने जीका भाइरसको सुई लगाएका मुसाको ट्युमर लगभग गायब भएको पाइयो । चार हप्ताको फलोअपमा कुनै साइड इफेक्ट समेत देखिएन। २८ दिनको फलोअपमा के पाइयो भने जुन मुसामा सलाइन घोल दिइएको थियो उनीहरूको ट्युमर ८०० प्रतिशतले बढ्यो, जबकी जीका भाइरस को सुई दिइएको मुसामा ट्युमर पूर्ण आकारको १२ प्रतिशत कमी देखियो । यो अनुसन्धानले उच्च जोखिम भएको न्यूरोब्लास्टोमाको प्रभावशाली उपचार देखाएको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!