मुलुकमा पहिलो पटक, ३ वर्षीय बालक को कलेजो प्रत्यारोपण


भक्तपुर– शहीद धर्म भक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा वरिष्ठ कलेजो तथा मृगौला प्रत्यारोपण शल्य चिकित्सक डा पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा नेपाल मै पहिलो पटक हेपाटोव्लास्टोमा भएको ३ वर्षीय बालकको कलेजो प्रत्यारोपण सफलता पूर्वक सम्पन्न भएको छ ।

कलेजो प्रत्यारोपणमा महत्वपूर्ण सफलता हासिल गरेको केन्द्रले हाल सम्म १७ जनाको कलेजो प्रत्यारोपण गरि सकेको छ । यति मात्र नभइ शुक्रवार को प्रत्यारोपण सहित केन्द्रमा ४ दिन निरन्तर ४ वटा कलेजो प्रत्यारोपण गरिने तयारी समेत  छ । वीरगन्ज, पर्साका उक्त ३ वर्षीय बालक लाई उनकी ३० वर्षीय आमाले कलेजो दान दिएकी हुन ।

प्रत्यारोपित बालकको स्वास्थ्य अवस्था सामान्य रहेको शहीद धर्म भक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक समेत रहेका डा. पुकार चन्द्र श्रेष्ठले बताए ।

ती बालकलाई कलेजो को क्यान्सर (हेपाटोव्लास्टोमा) भएको ले नयाँ कलेजो प्रत्यारोपण गरेर ज्यान जोगाइएको हो । ‘ससाना बच्चा को प्रत्यारोपण ठूला व्यक्तिको दाँजोमा केही फरक हुन्छ’, डा.पुकारले भने–‘उनीहरूको शरीरको अंग, नशाको आकार लगायतका सबै फरक हुने भएकोले ठूलो व्यक्तिको दाँजोमा जटिल नै हुने गरेको छ ।’


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!