‘प्रधानमन्त्रीले भने, वीर अस्पताल आउने बिरामीले गुनासो गर्ने अवस्था आउनु हुन्न’


काठमाडौं –प्रधानमन्त्री पुष्प कमल दाहाल, ‘प्रचण्ड’ ले वीर अस्पताल नेपालको स्वास्थ्य क्षेत्रको आधार स्तम्भ भएकोले उपचारका क्रममा बिरामीले गुनासो गर्ने अवस्था नआउने गरी काम गर्न निर्देशन दिएका छन् ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का पदाधिकारी हरूसँग को छलफलमा प्रधानमन्त्री ‘प्रचण्ड’ ले वीर अस्पतालबाट जनताले प्राप्त गर्ने सेवाबाट देशको स्वास्थ्य अवस्थाको चित्र देखिने भएकोले पनि वीर अस्पतालको सेवा गुण स्तरीय र सुलभ हुनुपर्ने बताए ।

वीर अस्पतालले माग गरेको स्रोत साधन उपलब्ध गराउन सरकार प्रयासरत रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले भने–‘ बिरामीलाई गुण स्तरीय सेवा दिनुहोला, उपचारका क्रममा उहाँहरूले गुनासो गर्ने अवस्था आउनु भएन ।’ वीर अस्पतालले परम्परागत तवरले भन्दा पनि जनताले अनुभूत गर्नेगरी आफ्ना सेवा उपलब्ध गराउनुपर्ने मा प्रधानमन्त्री ले जोड दिए ।

कुलपति नियुक्ति प्रक्रियामा आफूले छलफल चलाएको उल्लेख गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले सम्बन्धित क्षेत्रकै विज्ञ कुलपति हुने व्यवस्था गरिने विश्वास समेत दिलाए । छलफलमा न्याम्सका उपकुलपति डा भूपेन्द्र कुमार बस्नेतले अस्पतालमा बिरामीको चाप अत्याधिक रहेको जानकारी गराउँदै वीर अस्पताललाई आवश्यक स्रोत साधन उपलब्ध गराउन प्रधानमन्त्री सँग आग्रह गरे ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!