यो माया होइन , मधुमेहको चिनो हो , मुटुको धड्कन छिटो भनेको मधुमेहको जोखिम

इन्टरनेशनल जर्नल अफ इपिडिमियोलोजीमा प्रकाशित यो अनुसन्धानको निष्कर्षहरूले देखाउँछ कि प्रत्येक अतिरिक्त १० घडकन (बीट) ले मधुमेहको जोखिम २३ प्रतिशत सम्म बढाउँछ


भनिन्छ प्रेममा मुटुको धड्कन छिटो हुन्छ तर हालै गरिएको एक अनुसन्धानले छिटो मुटुको धड्कन हुने मानिसलाई मधुमेहको जोखिम बढी हुने देखाएको छ ।

‘इन्टरनेशनल जर्नल अफ इपिडिमियोलोजी’ जर्नलमा प्रकाशित यो अनुसन्धानको निष्कर्षहरूले देखाउँछ कि प्रत्येक अतिरिक्त १० घडकन (बीट) ले मधुमेहको जोखिम २३ प्रतिशत सम्म बढाउँछ ।

अमेरिकाको पेन्सिल्भेनिया स्टेट युनिभर्सिटीका पोषण विज्ञानका सहायक प्राध्यापक एवं अनुसन्धानका बरिष्ठ लेखक जियाङ गाओका अनुसार यस अनुसन्धानमा झन्डै एक लाख चिनिँया वयस्कको सुस्त मुटुको धड्कनको मूल्याङ्कन गरियो भने यसलाई चार वर्ष सम्म पच्छ्याइयो ।

अनुसन्धानमा के देखियो भने छिटो मुटुको चाल भएको सहभागीहरूमा मधुमेहको जोखिम बढी हुन्छ । अनुसन्धान अनुसार मुटुको चाल नाप्ने माध्यमले व्यक्तिको भविष्यमा मधुमेहको उच्च जोखिम पत्ता लगाउन सकिन्छ ।

शोधकर्ताहरूले सन २००६–२००७ मा आयोजित एउटा शारीरिक परीक्षामा मुटूको चाल लाई नापे । अनुसन्धानकर्ताले करिव पाच मिनेट आराम पछि एक पटक फेरी ढाडको सहारामा सुतेका सहभागीहरूको मुटुको गति रेकर्ड गरे ।

यस पटक अनुसन्धानकर्ताहरूले यो कामको लागि १२– लिड इलेक्ट्रोकार्डियोग्राम (ग्राफिकल रेकर्डिङ) को उपयोग गरे । चार वर्षको फलोअपको क्रममा, शोधकर्ताहरूलाइ १७ हजार ४ सय ६३ जना पूर्व – मधुमेह (प्रि–डाइबिटिक) र ४ हजार ६ सय ४९ जना मधुमेह बिरामीहरू फेला परे ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!