भिटामिन डी:हाड बलियो बनाउँदैन, न त भाँचिन बाट जोगाउँछ,यो सप्लिमेन्ट


भिटामिन डी हड्डीको बलियो पना को लागि आवश्यक छ । धेरै अभिभावकहरू ले आफ्ना छोरा छोरीलाई यसको सप्लिमेन्ट समेत दिन्छन् । तर, क्वीन मेरी युनिभर्सिटी अफ लन्डन र हार्बर्ड टीएच चेन स्कूल अफ पब्लिक हेल्थका अनुसन्धान कर्ता हरूले गरेको अध्ययनका अनुसार भिटामिन डी सप्लिमेन्टले बालबालिकाको हड्डीलाई बलियो बनाउँदैन, न त भाँचिन बाट जोगाउँछ ।

यस अध्ययनले भिटामिन डी को औषधि सेवनले हड्डीलाई बलियो बनाउँछ भन्ने अवधारणा माथि प्रश्न उठाउँछ । ६ देखि १३ वर्ष उमेर समूहका ८ हजार ८ सय ५१ विद्यालय जाने बाल बालिका माथि तीन वर्ष सम्म गरिएको अध्ययनका आधारमा यो निष्कर्ष निकालिएको हो । अध्ययनको प्रतिवेदन ल्यान्सेट डायबिटिज एन्ड इन्डोक्राइनोलोजी जर्नलमा प्रकाशित भएको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!