‘कोभिड पछि लामो थकाइ को कारण माइटोकोन्ड्र्रिया को क्षमता मा कमी’

‘अध्ययनःकोभिड पछि पर्याप्त ऊर्जा नपाउँदा मांसपेशी को तन्तुमा देखियो थुप्रै असमानता’


अनुसन्धान कर्ताहरूले कोभिड संक्रमण पछि लामो थकानको मुख्य कारण पत्ता लगाएका छन् । वास्तवमा, यो शरीरको मांसपेशीहरूलाई ऊर्जा आपूर्ति गर्ने माइटोकोन्ड्रियाको ऊर्जा उत्पादन क्षमतामा गिरावटको कारण हुन्छ ।

आम्सटर्डम विश्वविद्यालय मेडिकल सेन्टर की प्रा.मिशेल वान वुग्टको यो अनुसन्धान नेचर जर्नलमा प्रकाशित भएको छ । लामो समय सम्म कोभिड बाट संक्रमित रहने व्यक्तिको मांसपेशी कोषहरूमा रहेको माइटोकोन्ड्रियाले स्वस्थ व्यक्तिको तुलनामा कम ऊर्जा उत्पादन गर्ने मिशेल वुग्ट बताउँछिन् ।

कोषिका स्तरमा जैव रासायनिक प्रतिक्रिया को माध्यम ले शक्ति दिन जिम्मेवार माइटोकोन्ड्रिया जब कम शक्ति उत्पन्न गर्छ, तव सम्पूर्ण शरीर शक्ति हीन अनुभव गर्छ ।

उनले अध्ययनमा २१ जना स्वस्थ व्यक्ति सहित लामो समयदेखि कोभिडबाट सङ्क्रमित २५ जनालाई समावेश गरेको बताए । दुवै समूहलाई १५ मिनेट सम्म साइकल चलाउन भनियो।

अनुसन्धान कर्ताहरूले परीक्षणको एक हप्ता अघि र एक दिन पछि उनीहरूको रगत र मांसपेशीको तन्तु जाँच गरे र पत्ता लगाए कि कोभिड पीडितहरूको मांसपेशीको तन्तुमा धेरै असामान्यताहरू थिए । कोशिकाको ऊर्जा कारखाना पनि भनिने मांसपेशीहरूको माइटोकोन्ड्रियाले पूर्ण दक्षतामा ऊर्जा उत्पादन गर्न सकिरहेको थिएन ।

कोभिड पीडितको लागि व्यायाम बढी उपयोगी छैन

प्रा.वुग्ट को अनुसार कोभिड बाट पीडित व्यक्तिहरूको लागि व्यायाम धेरै उपयोगी छैन, किन भने यसले उनीहरूको थकान लाई अझ बढाउँछ । तसर्थ, त्यस्ता व्यक्तिहरूले पहिले शारीरिक श्रमको लागि आफ्नो क्षमता पहिचान गर्नुपर्छ र त्यसपछि मात्र व्यायाम जस्ता गतिविधिहरूमा संलग्न हुनु पर्दछ । ताकि तिनिहरू पीईएम (प्रोटिन इनर्जी माल न्युट्रिसन) को अवस्थाबाट बच्न सक्छन् । उदाहरणका लागि, त्यस्ता व्यक्तिहरूले दौडनु को सट्टा हिँड्नुपर्छ, ट्रयाकमा साइकल चलाउनु को सट्टा विद्युतीय साइकल प्रयोग गर्नुपर्छ ।

व्यायामले निको हुने सम्भावना कम

प्रा.वुग्ट भन्छिन् कि शारीरिक व्यायाम र फिजियोथेरापी मार्फत यस्ता व्यक्तिहरू मा निको हुने सम्भावना कम हुन्छ । त्यसैले यस्ता व्यक्तिले बढी आराम गर्नुपर्छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!