‘एन्टिबायोटिक ले औषधि प्रतिरोधी सुपरबग्स हरू लाई समेत सफाया गर्नेछ’

अमेरिकी वैज्ञानिकहरूको टोलीले विकास गर्यो नयाँ एन्टिबायोटिक


न्यूयोर्क– अमेरिकी वैज्ञानिकहरू को एक टोलीले एउटा नयाँ एन्टिबायोटिक विकास गरेको छ, जसले औषधि प्रतिरोधी सुपरबग्स लाई पनि मार्न सक्छ । सुपरबग्स एक प्रकारको खतरनाक ब्याक्टेरिया हो, यसले एन्टिबायोटिक औषधि विरुद्ध प्रतिरोधात्मक क्षमता विकास गर्छ । यसको संक्रमण घातक हुन्छ र यसले संक्रमित मध्ये आधा बिरामीको मृत्यु हुन्छ ।

एन्टिबायोटिक ‘जोसुराबलपिन’, लाई कार्बापेनम प्रतिरोधी एसिनेटोबैक्टर ब्रोमनी (क्रैब) को अत्याधिक औषधि प्रतिरोधी स्ट्र्रेनहरु को प्रभावकारी रूपले उपचार गर्नमा सक्षम भएको पाइएको छ ।

नेचर जर्नलमा प्रकाशित दुई अध्ययनका अनुसार यसलाई कृत्रिम वातावरण र मुसा दुवैमा प्रभावकारी पाइएको छ । हालैका दशकहरूमा, एन्टिबायोटिक प्रतिरोधी विश्वव्यापी रूपमा सार्वजनिक स्वास्थ्यको लागि ठूलो खतराको रूपमा देखा परेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्वारा ‘क्रैब’ लाई प्राथमिकता–१ गम्भीर रोग जनकको रूपमा वर्गीकृत गरेको छ। यसलाई ब्याक्टेरियाका दुई अन्य औषधि प्रतिरोधी रूपहरू, स्यूडोमोनास एरुगिनोसा र एन्टरोब्याक्टेरियासी सँगै समूह बद्ध गरिएको छ ।

अमेरिकाको सेन्टर फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसि) ले ग्राम–नेगेटिभ ब्याक्टेरियालाई तत्काल खतराको रूपमा वर्गीकृत गरेको छ। यसको संक्रमण ले सेप्सिस र निमोनियाँ जस्ता रोग निम्त्याउँछ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!