‘निद्राको खराब गुणस्तरले उच्च रक्तचापको जोखिम बढाउँछ’


अनुसन्धान कर्ताहरूले निन्द्राको गुणस्तरको विस्तृत अध्ययनमा राम्ररी निन्द्रा नपुग्दा स्वास्थ्यमा प्रतिकूल असर पर्ने पत्ता लगाएका छन् । यो अध्ययन साइन्टिफिक रिपोर्टर्स जर्नलमा प्रकाशित भएको छ ।

अनुसन्धान टोलीले निन्द्राको अवधिलाई धेरै स्तरमा बाडेर अध्ययन गरेका थिए । मुख्य रूपमा अब्जेक्टिभ स्लिप क्वालिटी र सब्जेक्टिभ स्लिप क्वालिटी लाई आधार बनाइएको थियो ।

अब्जेक्टिभ स्लिप क्वालिटी मा निन्द्राको पूर्ण अवधि सँग निन्द्राको विभिन्न अवस्थाहरू र जाग्ने अवधि को विश्लेषण हुन्छ । अध्ययनले पत्ता लगाएको छ कि खराब अब्जेक्टिभ स्लिप क्वालिटी भएका व्यक्तिमा उच्च रक्तचाप को जोखिम बढ्छ ।

जापानको त्सुकुबा युनिभर्सिटीका अनुसन्धान कर्ताहरूले ३० देखि ५९ वर्ष उमेर समूहका १०० व्यक्तिलाई अध्ययन मा सहभागी गरेर उनीहरूको इलेक्ट्र्रोएन्सेफालोग्राम (ईईजी) गरेका थिए । पाँच रातको ईईजी तथ्याङ्क सङ्कलन गरी १० निन्द्रा मापदण्डका आधारमा राम्रो निन्द्रा, मध्यम निन्द्रा र कम निन्द्रा भएको तीन समूहमा विभाजन गरिएको थियो ।

अनुसन्धान कर्ताहरूले सहभागीहरूमा ५० स्वास्थ्य मापदण्डहरू परीक्षण गर्यो । जीपीटी(किडनी फंक्सन को एउटा मापदण्ड) र सीरम क्रिएटनिन (किडनी फंग्सनको एउटा मार्कर) मा सांख्यिक रूपले सिस्टोलिक र डायस्टोलिक रक्तचापको महत्वपूर्ण अन्तर देखियो । अनुसन्धान टोलीले खराब निन्द्राको गुणस्तर भएका मानिसहरूमा धेरै स्वास्थ्य समस्याहरू सँगै मुख्य रूपमा उच्च रक्तचाप, पहिचान गर्यो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!