सामाजिक सञ्जाल वाट सानो ‘ब्रेक’ ले दिन्छ डिप्रेसनबाट राहत


बेलायत –‘सोसल मिडिया’, अर्थात सामाजिक सञ्जाल वाट मात्र एक साताको ब्रेकले तपाइको मानसिक स्वास्थ्य मा सुधार ल्याउन सक्छ । 

‘साइबर साइकोलोजी एण्ड बिहेभियर’, जर्नल मा प्रकाशित एक सय ५४ जनामा गरिएको एउटा नयाँ अनुसन्धान मा उक्त दाबी गरिएको हो । 

बेलायतको युनिभर्सिटी अफ बाथका अनुसन्धानकर्ताको यो रिपोर्ट अनुसार, यदि तपाइ डिप्रेसन (उदासी रोग) र एग्जाइटी (चिन्ता) को लक्षण सँग जुधिरहेको हुनु हुन्छ भने मात्र एक सातामा यसलाई कम गर्न सकिन्छ ।

अनुसन्धान अन्तर्गत १ सय ५४ जनालाई दुई समुहमा बाँडिएको थियो । पहिलो समुह ७ घन्टा सामाजिक सञ्जालको उपयोग गरिराखे भने दोश्रो समुह लाई सामाजिक सञ्जाल उपयोग गर्ने समय मात्र २१ मिनेटमा सीमित गरियो । साता पछि लिइएको परीक्षणमा एक साताको ब्रेक लिने समुहको मानसिक स्वास्थ्य, ब्रेक नलिने समुहको तुलनामा राम्रो पाइयो । 

अनुसन्धान अनुसार सामाजिक सञ्जाल आजको जीवनको एउटा हिस्सा नै हो, तर यदि तपाइ यसमा घन्टौँ समय बिताउन लाग्नु भएको छ र यसको नकारात्मक प्रभाव अनुभव गर्न लाग्नु भयो भने केही समयको लागि यसबाट दूरी बनाउनुस् ।    


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!