‘एयर प्युरिफायर, एयर क्लिनिङ सिस्टमले भाइरल संक्रमण हुने जोखिम कम गर्दैन’


युनिभर्सिटी अफ इस्ट एंग्लिया, बेलायतका अनुसन्धान कर्ताहरूले गरेको नयाँ अध्ययनका अनुसार एयर प्युरिफायर वा एयर क्लिनिङ सिस्टमले भाइरल इन्फेक्सन हुने जोखिमलाई कम गर्दैन ।

अनुसन्धान कर्ताहरूले एयर फिल्टरेसन र जर्मी साइडल (कीटाणुनाशक) जस्तो प्रविधि को अध्ययनको माध्यमले यो जान्ने प्रयास गरे की, के प्रविधि हामी लाई स्वास र पेट सँग जोडिएका संक्रमण वाट जोगाउन सक्छ ? कोभिडको समयमा, विश्वका धेरै देशहरूले हावाबाट हुने संक्रमण रोक्न एयर प्युरिफायर जस्ता प्रणालीहरू स्थापना गर्ने योजना बनाएका थिए । तर, एयर ट्रिटमेन्ट प्रविधिहरू धेरै महँगो छन् ।

यस्तो अवस्थामा संक्रमण रोक्न यी प्रविधिहरू कत्तिको प्रभावकारी छन् भनेर अनुसन्धान गर्न आवश्यक हुन्छ । ३२ वटा अनुसन्धानको अध्ययनको आधारमा अनुसन्धान कर्ताहरूले यस्तो निष्कर्षमा पुगेका हुन् ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!