निन्द्राको कमीले भावनात्मक कार्य लाई प्रतिकूल असर, अध्ययनको दाबी,

अध्ययनमा के देखियो भने निन्द्राको हानिले खुशी, प्रसन्नता र सन्तुष्टि जस्तो सकारात्मक भावनामा कमी भयो । साथै तीव्र गतिले मुटुको चालमा बृद्घि भयो । यस्तै डिप्रेसन (उदासी रोग) को स्थिति बारे समेत थाहा पाइयो ।


एक अध्ययन अनुसार, निद्राको कमीले हामीलाई थकित मात्र बनाउँदैन, हाम्रो भावनात्मक कार्यलाई पनि असर गर्न सक्छ, सकारात्मक मुड मा कमी ल्याउन सक्छ र हामी लाई चिन्ताको लक्षणहरूको लागि ठूलो जोखिममा पार्न सक्छ ।

साइकोलजिकल बुलेटिन जर्नलमा प्रकाशित यो अध्ययनले निन्द्राको कमी र मुडमा ५० वर्षभन्दा बढी को अनुसन्धान वाट निष्कर्ष निकालेको हो । अध्ययन को निचोडले ३० प्रतिशतभन्दा बढी वयस्क र ९० प्रतिशत किशोर किशोरीले पर्याप्त निन्द्रा नपाएको देखाएको छ ।

यो अध्ययनमा ५ हजार ७ सय १५ सहभागीहरू समावेश थिए । यस अध्ययनले लामो समय सम्म जागरण, कम निन्द्रा अवधि र रातको जागरणले मानव को भावनात्मक कार्यलाई प्रतिकूल असर गर्छ भन्ने बलियो प्रमाण प्रदान गर्दछ ।

टोलीले पाँच दशकको १५४ अध्ययनहरू को तथ्याङ्क को विश्लेषण गर्यो, जसमा ५ हजार ७ सय १५ सहभागी हरू समावेश थिए । ती सबै अध्ययनहरूमा, शोध कर्ताहरूले एक वा बढी रातको लागि सहभागीहरूको निन्द्रामा बाधा पुर्याए। केही प्रयोगहरूमा, सहभागीहरूलाई लामो समयसम्म जगाएर राखिएको थियो।

यस अध्ययनमा के देखियो भने निन्द्राको हानिले खुशी, प्रसन्नता र सन्तुष्टि जस्तो सकारात्मक भावनामा कमी भयो । साथै तीव्र गतिले मुटुको चालमा बृद्घि भयो । यस्तै डिप्रेसन (उदासी रोग) को स्थिति बारे समेत थाहा पाइयो । अध्ययनमा सहभागी अधिकांश युवा वयस्क थिए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!