‘चितवनमा तिन दिने ‘फर्मा एक्स्पो’


काठमाडौं– ‘नबौं नेपाल फर्मा एक्स्पो २०२४’, झन्डै अढाई महिना पछि भरतपुर चितवनमा हुने भएको छ । नेपाल औषधि उत्पादक संघ (एप्पोन) द्वारा आयोजना गरिने उक्त तिन दिने एक्स्पो आगामी फागुन महिनाको २५ गते देखी शुरु हुने छ ।

एक्स्पोमा धेरै किसिमका औषधि उत्पादन प्रयोगमा ल्याइएका नयाँ प्रविधिलाई देखाइने एक्स्पोका मिडिया संयोजक सन्तोष बरालले बताए । हाल बुकिङ को क्रम जारी रहेको एक्स्पोमा १५० भन्दा बढी स्टल रहने छ । यस अन्तर्गत नेपाल, भारत, सिंगापुर, चिन, बङ्गला देशका प्रदर्शनको बाहुल्य हुने संयोजक प्रभात रुँगटाले बताए । उनले एक्स्पोमा ३० हजार भन्दा बढी व्यक्ति ले अवलोकन गर्ने अपेक्षा गरिएको समेत जनाए ।

एक्स्पोमा औषधी उत्पादन र निर्माण तथा प्रशोधन, औषधीमा प्रयोग हुने सामाग्री, प्याकेजिङ, मेसिनरी ल्याब, एनालिटिकल ओईएम, आउटसोर्सिङ र करारमा निर्माण, रेफ्रिजेरेसन, क्लिनरुम, इन्जिनियरिङ, एयर फिल्टर, क्लिन एयर कन्डिसनिड, औषधी उद्योगका लजिस्टिक तथा अन्य सामाग्रीहरूको प्रदर्शनी गरिने छ ।

हरेक दुई वर्षमा आयोजना गरिने यो एक्स्पो पछिल्लो हरूको दाँजोमा फरक हुने दाबी एपोन का अध्यक्ष महेश प्रसाद प्रधान ले गरे । उनले विगतको एक्स्पो मास्क लगाएर गर्नु परे पनि हाल अवस्था फरक रहेकोले यसले औषधि उत्पादन लगायतका विषयमा थप जागरूकता फैलाउने बताए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!