वरिष्ठ चिकित्सक डा. श्रवण चौधरीको निधन


काठमाडौं– वीर अस्पतालका पूर्व निर्देशक डा.श्रवण कुमार चौधरीको बुधवार उपचारको क्रममा निधन भएको छ । जनरल प्राक्टिस र इमर्जेन्सी मेडिसिन विशेषज्ञ रहेका ७२ वर्षीय डा.चौधरी को निधनमा नेपाल चिकित्सक संघ एवं चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालले बिहीवार विज्ञप्ति जारी गर्दै शोक व्यक्त गरेको छ ।

वीर अस्पतालमा २०६४ साल भदौ २० गते देखी २०६५ साल पुष १८ गते सम्म डा.चौधरी निर्देशक को रूपमा काम गरेका थिए । डा.चौधरी नेपाल चिकित्सक संघ का वरिष्ठ आजीवन सदस्य समेत थिए । उनी स्वास्थ्य मन्त्रालयका पूर्व सचिव डा.पुष्पा चौधरीका श्रीमान हुन ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!