जाजरकोट, रुकुम पश्चिम जिल्लामा १० दिने दादुरा–रुबेला र टाइफाइड विरुद्ध खोप अभियान शुरु


काठमाडौं– जाजरकोट र रुकुम पश्चिम जिल्लामा दादुरा–रुबेला र टाइफाइड (म्यादे ज्वराे) रोग विरुद्धको टिसिभी खोप अभियान बिहीवार देखी सञ्चालन भएको छ ।

स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रको अनुसार पौष ५ गते देखि पौष १४ गते सम्म ६ महिना देखि १५ वर्ष मुनिका सबै बालबालिकालाई दादुरा–रुबेला खोप र १६ वर्ष देखि ४५ वर्षसम्मका सबै व्यक्तिहरू लाई टाइफाइड विरुद्धको टिसिभी खोप दिइँदैछ ।

खोप अभियानमा दिइने दादुरा–रुबेला खोप थप मात्रा भएकोले पहिला जति पटक लगाएको भए पनि यस अभियानमा अनिवार्य रूपमा एक मात्रा खोप लगाउनु पर्ने केन्द्रले जनाएको छ ।

खोप अभियान सञ्चालन हुने स्थान र मिति बारे थप जानकारीका लागि नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका , स्वास्थ्य संस्था वा विद्यालयमा सम्पर्क गर्न आग्रह केन्द्रले आग्रह गरेको छ ।

यस्तै नियमित खोप लगाउन छुटेका ९ महिना देखि ५ वर्ष उमेर सम्मका बालबालिकालाई छुट खोप पनि दिई राखिएको जनाउँदै केन्द्र ले खोपको लागि आउँदा आफूसँग भएको नियमित खोप कार्ड समेत ल्याउन केन्द्रले आग्रह गरेको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!