डब्लूएचओ को आग्रहः ई–सिगरेट मा प्रतिबन्ध लगाउनुस् , १३–१४ वर्षका बालबालिका समेत निकोटिन को अम्मली भइ रहेका छन्

विभिन्न स्वादमा दिइने ई–सिगरेट ले युवालाई चुरोटको लतको सिकार बनाउँदै आएको डब्लुएचओ ले जनाएको छ । धूम्रपानको विकल्पका रूपमा सुर्ती जन्य पदार्थका कम्पनीहरूले ई–सिगरेटलाई प्रस्तुत गरिरहेका छन् ।


विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले बिहीवार विश्वका सबै देशका सरकारहरूलाई अन्य सुर्ती जन्य उत्पादनहरू जस्तै ई–चुरोट मा प्रतिबन्ध लगाउन आग्रह गरेको छ ।

विभिन्न स्वादमा दिइने ई–सिगरेट ले युवालाई चुरोटको लतको सिकार बनाउँदै आएको डब्लुएचओ ले जनाएको छ । धूम्रपानको विकल्पका रूपमा सुर्ती जन्य पदार्थका कम्पनीहरूले ई–सिगरेटलाई प्रस्तुत गरिरहेका छन् ।

डब्लुएचओ का महा निर्देशक डा.टेड्रोस गेब्रेयससले कडा उपाय लागू गर्न आग्रह गर्दै भने की १३–१४ वर्षका बालबालिकाहरूले ई–सिगरेट प्रयोग गरिरहेका छन्, जसले गर्दा उनीहरू निकोटिनको लतमा परि रहेका छन् । उनले सार्वजनिक प्रयोग बन्द हुनुपर्ने भन्दै कानुन परिमार्जन गर्न समेत आग्रह गरे ।

चुरोट कम्पनीहरूको मनोवृत्ति खतरनाक छ

डब्लूएचओ का महा निर्देशकले भने कि डब्लूएचओ लाई राष्ट्रिय नियमहरूमा कुनै अधिकार छैन । तर, यो सिफारिसहरू सबै देशहरूले स्वैच्छिक रूपमा स्वीकार गर्ने अपेक्षा गरिएको छ, जुन अहिले सम्म हुँदै आएको छ ।

फिलिप मोरिस इनटरनेशनल र ब्रिटिस अमेरिकन टोबैको जस्ता केही प्रमुख चुरोट कम्पनीहरूले वेप्स को माध्यमले सिगरेट खपतको लागि भविष्यको वैकल्पिक रणनीतिहरूमा काम गरिरहेका छन्, यो खतरनाक छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!