राती चाडै खादा दीर्घायु

भोलन्टियर्स इन न्युट्रिसन जर्नलमा प्रकाशित रिपोर्टका अनुसार प्रतिदिन सन्तुलित मात्रामा क्यालोरी उपभोग गर्ने र राती को खाना चाडै खादा औसत आयु बढ्ने गरेको छ ।


हाम्रो जीवन शैलीले हाम्रो स्वास्थ्य र औसत उमेरमा प्रत्यक्ष प्रभाव पार्छ । भोलन्टियर्स इन न्युट्रिसन जर्नलमा प्रकाशित रिपोर्टका अनुसार बेलुकीको खाना चाँडो खानु र दीर्घायु बीच सम्बन्ध रहेको छ ।

अनुसन्धान कर्ताहरूले यो अध्ययन इटालीको एउटा यस्तो सहरका मानिसहरूमा गरेका थिए, जहाँ औसत उमेर बढी छ । उक्त क्षेत्रका ६८ जनामा गरिएको अध्ययनमा अनुसन्धान कर्ताहरूले खाने बानी र विशेष गरी बेलुकाको खानाले हाम्रो औसत उमेरमा ठूलो प्रभाव पारेको पत्ता लगाएका छन् ।

अनुसन्धानमा संलग्न अधिकांश व्यक्तिहरूले साँझ ७:१५ बजेको समयमा आफ्नो राती को खाना खाने गरेका थिए । यी व्यक्तिहरूले राती को खाना देखी लिएर अर्को दिन दिउसो को खाना को बीचमा धेरै कम क्यालोरी को सेवन समेत गर्छन् । प्रतिदिन सन्तुलित मात्रामा क्यालोरी उपभोग गर्ने र राती को खाना चाडै खादा औसत आयु बढ्ने अनुसन्धान कर्ताहरूले अध्ययन पाए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!