गर्भावस्थामा तनाव, बच्चाको लागि महँगो साबित हुन सक्छ


तनाव (टेन्सन) र चिन्ता (एंग्जाइटी) सबैको लागि हानिकारक छ । तर, के तपाई लाई थाहा छ गर्भावस्थाको समयमा आमाको तनावले भविष्यमा बच्चामा स्वभाव सँग जोडिएको व्यवहारिक समस्या को कारण बन्न सक्छ ।

द अमेरिकन साइकोलजिकल एसोसिएसनले प्रकाशित गरेको प्रतिवेदनका अनुसार गर्भावस्थामा तनाव सँग संघर्ष गर्ने महिलाहरूका बच्चा बाल्य काल र किशोरावस्थामा धेरै क्रोध र मानसिक समस्याबाट ग्रस्त हुन्छन् ।

क्यालिफोर्निया स्टेट युनिभर्सिटीका अनुसन्धान कर्ताहरूले ५५ वटा अनुसन्धानको अध्ययनको आधारमा यस्तो निष्कर्षमा पुगेका हुन् । यी अनुसन्धानमा करिब ४५ हजार गर्भवती महिलाहरू संलग्न थिए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!