‘डा.केसी भन्छन् : चिकित्सा शिक्षा आयोगका निर्देशक छनोट प्रक्रियामा स्वार्थको द्वन्द्व हुने गरी उम्मेदवार सर्टलिस्ट’


काठमाडौं– चिकित्सा शिक्षा र सेवाका सुधार अभियन्ता प्रा.डा.गोविन्द केसीले चिकित्सा शिक्षा आयोगका निर्देशकहरूको छनोट प्रक्रियामा योग्यतम् व्यक्तिलाई पाखा लगाएर स्वार्थको द्वन्द्व हुने गरी निजी संस्थामा काम गरिरहेका कैयौँ उम्मेदवारहरूलाई सर्टलिस्ट गरेको आरोप लगाएका छन् । उनले आयोगमा हुने कुनै पनि नियुक्तिमा यस्तो चलखेल स्वीकार्य नरहेको समेत जनाएका छन् ।

डा.केसीले मंगल बार विज्ञप्ति जारी गर्दै एउटै निजी संस्थामा अहिले नै काम गरिरहेका धेरै जनालाई जानाजान सर्टलिस्ट गरेको जनाउँदै गम्भीर आपत्ति समेत प्रकट गरेका छन् ।

छनोट समितिका सदस्यको स्वार्थ वा दल र नेताहरूको, कुनै पनि स्वार्थ पदाधिकारी नियुक्तिमा रहनु नहुने र स्वार्थको द्वन्द्व नहुने योग्य उमेदवारहरू मात्रै छनोट गरिनु पर्ने जनाउँदै डा.केसीले भनेका छन–‘त्यसो नगरिएमा दोषी व्यक्तिहरूलाई जबाफदेही बनाउन जुनसुकै कदम चाल्न हामी बाध्य हुने छौं ।’

सरकार र राजनीतिक दलका नेताहरूले आयोगका निर्देशकहरूको नियुक्तिलाई समेत दलीय भागबन्डाको विषय बनाउन र आफ्नो कार्यकर्ता भर्ती गर्न नाजायज हस्तक्षेप र चलखेल गरिरहेको डा.केसीले जनाएका छन् । त्यस्तै चलखेल अन्तर्गत नियुक्तिको प्रक्रियालाई अहिले न्यायालयमा पुर्याएर अलपत्र पारिएको ओल्याउँदै डा.केसीले उच्च अदालतले समेत विषयवस्तुको संवेदनशीलता बुझ्न न सकेको आरोप लगाएका छन् ।

उनले विज्ञप्ति मा भनेका छन–‘सम्मानित अदालतलाई समेत यो विषयको संवेदनशीलता विचार गर्दै नियुक्तिमा ढिलाइको कारण नबन्न अनुरोध गर्दछौँ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!