पति वा पत्नी मध्ये कसैलाई उच्च रक्तचाप भए, अर्का लाई पनि यो समस्या हुन सकने सम्भावना

अमेरिकन हर्ट एसोसिएसन को जर्नलमा प्रकाशित नयाँ अध्ययन अनुसार यदि दम्पती मध्ये एक लाई उच्च रक्तचापको समस्या छ भने अर्कोलाई पनि यो समस्या हुन सक्छ ।


यदि दम्पती मध्ये एक लाई उच्च रक्तचापको समस्या छ भने अर्कोलाई पनि यो समस्या हुन सक्छ । अमेरिकन हर्ट एसोसिएसन को जर्नलमा प्रकाशित नयाँ अध्ययनमा यो दाबी गरिएको छ ।

अध्ययनका क्रममा अमेरिकी विश्वविद्यालयका अनुसन्धान कर्ताहरूले सन् २०१५ र २०१९ बीच चीन, भारत, अमेरिका र इङ्ल्यान्डका हजारौं दम्पतीहरूको तथ्यांक विश्लेषण गरेका थिए ।

अनुसन्धान कर्ताहरूले के पाए भने यदि पति वा पत्नी लाई उच्च रक्तचाप भए पछि उनीहरूलाई पनि यस्तै समस्या हुने सम्भावना ती व्यक्तिको दाजो मा बढी थियो जसको विवाह बिना कुनै शर्त भएको थियो । यो सम्भावना भारत र चीनमा सबैभन्दा बढी थियो, जहाँ यो १९ र २६ प्रतिशत रेकर्ड गरिएको थियो । यस्तै यसको सम्भावना इङ्गल्यान्ड र अमेरिकामा ९ प्रतिशत बढी देखियो ।

विज्ञहरूले के भने ? 

अनुसन्धान कर्ता चिहुआ लीले भने कि हाम्रो खोजले विवाहित जोडीहरूलाई स्वास्थ्य हेरचाह मार्गदर्शन लीन प्रोत्साहित गर्दछ । यदि एक पार्टनरलाई उच्च रक्तचाप छ भने, अर्कोले पनि नियमित रूपमा आफ्नो रक्तचाप जाँच गराउनु पर्छ ।

अध्ययन अनुसार इङ्गल्यान्डमा पति वा पत्नी दुवैमा उच्च रक्तचाप हुने सम्भावना ४७ प्रतिशत रहेको पाइएको छ । जबकी अमेरिकामा ३८ प्रतिशत, चीनमा २१ प्रतिशत र भारतमा २० प्रतिशत देखिएको छ । अनुसन्धान कर्ताहरूका अनुसार अमेरिकामा ५० वर्षभन्दा माथिका ३५ प्रतिशत दम्पती उच्च रक्तचापको सिकार भएका पाइए ।

उच्च रक्तचापका कारण हुने समस्याहरू 

उच्च रक्तचाप एक गम्भीर स्वास्थ्य समस्या हो, जसले हृदय रोग, स्ट्रोक र अन्य गम्भीर रोगहरूको जोखिम बढाउन सक्छ । उच्च रक्तचाप नियन्त्रण गर्न नियमित व्यायाम, स्वस्थ आहार र औषधिको प्रयोग गर्न सकिन्छ । अध्ययनको नतिजाले उच्च रक्तचाप पति र पत्नी बीचको सामान्य समस्या भएको देखाएको छ । यदि तपाई को श्रीमान् वा श्रीमतीलाई उच्च रक्तचाप छ भने, तपाई ले पनि नियमित रूपमा आफ्नो रक्तचाप जाँच गराउनुपर्छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!