देश भर ५१ हजार ४ सय २३ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका


काठमाडौं–‘स्वास्थ्य क्षेत्रमा दिगो विकास : महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका को संयुक्त प्रयास’, नारा सहित मंगल बार राजधानी मा एक विशेष कार्यक्रम बीच २० औ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइएको छ । हाल देश भर ५१ हजार ४ सय २३ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरू सेवा रत छन् ।

स्वास्थ्य मन्त्रालय द्वारा आयोजित उक्त कार्यक्रममा स्वास्थ्य सेवा विभाग, नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा की निर्देशक हिरा कुमारी निरौला ले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका हरूले सामुदायिक स्वास्थ्य क्षेत्रमा पुर्याउँदै आएको योगदान अत्यन्तै सराहनीय रहेको बताइन ।

निरौलाले मुख्य रूपमा मातृ, नवजात शिशु तथा बाल स्वास्थ्य, प्रजनन स्वास्थ्य, परिवार योजना, आदि विषयमा समुदायमा जन चेतना अभिवृद्धि र सेवा प्रवाह, स्वास्थ्य आमा समूहमा छलफल मार्फत जनस्वास्थ्य सम्बन्धी सूचना तथा सेवाहरूको पहुँचमा वृद्धि गराई मातृ, शिशु तथा बालबालिकामा रोग लाग्ने दर र तिनको मृत्युमा कमी ल्याउन महिला स्वास्थ्य स्वयंसेविका हरुले अतुलनीय योगदान पुर्याएको बताइन ।

स्वयंसेविका लाई ओझेल मा राखेर अघि बढ्न सकिदैन 

स्वास्थ्य स्वयंसेविका लाई ओझेल मा राखेर सरकार अघि बढ्न नसक्ने डा.अनुप बास्तोलाले बताए । हाल स्वास्थ्य क्षेत्रमा प्राप्त सफलताहरूमा स्वास्थ्य स्वयंसेविका ले खेलेका भूमिका लाई बिर्सनु नहुने जनाउँदै बास्तोलाले राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रम लाई थप आकर्षक र वैज्ञानिक बनाउनु पर्ने आवश्यकता रहेको समेत औँल्याए ।

स्वयंसेविका लाई मात्र कन्डम र पिल्स वाडने हरुको रूपमा चिनाउनु नहुने औँल्याउँदै डा.वास्तोला ले दिगो विकास को लक्ष्य प्राप्त गर्नमा समेत स्वास्थ्य स्वयंसेविका हरुको महत्वपूर्ण भूमिका रहेको बताए ।

२० हजार दिएर बिदाइ लाजमर्दो

महिला स्वास्थ्य स्वयंसेविका गीता थिंग ले स्वास्थ्य स्वयंसेविका लाई २० हजार दिएर बिदाइ गर्नु लाजमर्दो रहेको बताइन । स्वास्थ्य क्षेत्रमा थुप्रे बजेट छुट्याइए पनि स्वयंसेविका हरूको लागि केही बजेट नछुट्याउने गरेको जनाउँदै थिंगले आफू हरू माथि निरंकुशता को व्यवहार भए रहेको आरोप समेत लगाइन ।

स्वास्थ्य साक्षरता आवश्यक 

नेपालमा स्वास्थ्य साक्षरता विस्तार आवश्यक रहेको जनाउँदै अतिरिक्त स्वास्थ्य सचिव डा.दिपेन्द्र रमण सिंहले स्वास्थ्यलाई घरदैलो सम्म पुर्याउने एउटा सशक्त आधार स्वास्थ्य स्वयंसेविका रहेको बताए ।

स्वास्थ्य साक्षरतालाई स्कूलदेखी शुरु गरेर प्रर्वद्धनात्मक स्वास्थ्य सेवाको रूपमा आम व्यक्तिको घरदैलो सम्म पुर्याउने पर्ने डा. सिंहले बताए । लैगिकमा आधारित हिंसा र जेष्ठ नागरिकको स्वास्थ्य साथै मानसिक स्वास्थ्य सम्बन्धि जनचेतना जगाउने कार्यमा समेत महिला स्वास्थ्य स्वयंसेविकाले सहयोग गर्दै आएकाछन।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!