नेपाल  चिकित्सक संघको तेस्रो स्वास्थ्य शिखर सम्मेलन शुरू


काठमाडौं -नेपाल  चिकित्सक संघको दुई दिने तेस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन (एनएमए – नेशनल हेल्थ समिट) ‘गुण स्तरीय स्वास्थ्य सेवा प्रवर्धनः अवसर र चुनौती’ भन्ने मुख्य विषय सहित आइतबार काठमाडौंमा शुरु भएको छ । मंसिर १० र ११ गते हुने सम्मेलनमा स्वास्थ्य सेवा प्रवर्धनका लागि विभिन्न सात विषयमा बहस हुने छ ।

यस अन्तरगत दोस्रो राष्ट्रिय स्वास्थ्य शिखर सम्मेलनका उपलब्धि बारे आइतवार बिहान छलफल शुरु भएको छ । यस्तै स्तरीय स्वास्थ्य सेवाका लागि गुणस्तरीय शिक्षा, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन कार्यान्वयनमा चुनौती, सुरक्षित स्वास्थ्य सेवा प्रवाहको सबलीकरण, प्रतिजैविक प्रतिरोध औषधीको उचित प्रयोग तथा समान सेवाका लागि स्वास्थ्य प्रणाली जस्ता विषय समेत रहेका छन् ।

दोस्रो राष्ट्रिय स्वास्थ्य शिखर सम्मेलनका उपलब्धिबारे छलफल  सत्रको अध्यक्षता चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष  डा अन्जनी कुमार झाले गरेका थिए ।

त्यसैगरी प्यानलमा स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा संगिता मिश्र, नेपाल मेडिकल काउन्सिलका पुर्व अध्यक्ष, डा भगवान कोइराला, चिकित्सक संघ का पूर्व अध्यक्ष डा लोचन कार्की, पाँचखाल नगरपालिकाका मेयर महेश खरेल रहेका थिए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!